तस्बिरमा ढाल बहादुर भाट ।
बिदेश गएर मनग्य पैसा कमाउने आफ्नो परिवारलाई सुख दिने सपना बोकेर वैदेशिक रोजगारको लागि मलेसिया गएका सन्धिखर्क ३ सेनडाँडा-छापडाँडाका ढाल बहादुर भाट १७ बर्षपछि फेला परेका छन् ।
कमल विष्ट
सन्धिखर्क, अर्घाखाँची (कार्तिक २४) । बिदेश गएर मनग्य पैसा कमाउने आफ्नो परिवारलाई सुख दिने सपना बोकेर वैदेशिक रोजगारको लागि १७ बर्ष पहिले मलेसिया गएका सन्धिखर्क ३ सेनडाँडा- छापडाँडाका शिव बहादुर भाटका छोरा ढाल बहादुर भाट मलेशिया गएको १ बर्ष पछि नै सम्पर्क बिहिन भएपछि घरपरिवार लाई ठूलो शोक आइलाग्यो, बिदेशबाट छोराले पैसा कमाएर ल्याए घरको समस्या समाधानमा टेवा पुग्ला कि भनेर सोचेका बुवा आमालाई छोरो नै लापत्ता भएपछी दुखको पहाड नै खस्यो ।
बिदेशको बिरानो ठाउँ सहजै आफै पुगेर खोजी गर्न समेत असम्भव भएपछी पिता शिबबहादुरले पटक-पटक बिदेशमा रहेका आफन्तजनहरुलाई खोजी गरिदिन आग्रह त गरे तर छोरो आउने पर्खाइमा भाट परिवारले पिडामा १७ बर्ष पार गर्दा पनि अहिले सम्म सम्पर्कमा आएनन ।
मलेसियामै रहेका आफन्त भाई भुमिकास्थान नगरपालिका -९ ढिकुराका छवि लाल गिरिले यसअघि पनि मलेशियामा प्रकाशित पत्रपत्रिका मार्फत सूचना जारी गरि खोजी गरेता पनि सम्पर्क भएको थिएन । तर गत कार्तिक १२ गते गिरिले सम्पर्क बिहिन भएका भाटको मलेशिया गए लगत्तै खिचेको तस्बिर, बुवा आमाको फोटो निजको नागरिकताको फोटो सहित सम्पुर्ण विवरण फेसबुक वालमा पोस्ट गरेपछि सबैले सेयर गर्दै जाँदा उनी सम्पर्कमा आएका छन ।
उनलाई त्यहाँबाट घर पठाउने तयारी भैरहेको गिरिले बताए । उनी मलेसियाको क्वालालम्पुर स्थित एक कम्पनीमा अबैधानिक कामदारको रुपमा कार्यरत थिए । गिरीका अनुसार आवश्यक कागजपत्र संकलन गरि उनी आगामी डिसेम्बरसम्म नेपाल पठाइने छ ।
ढाल बहादुर भाटका बुवा आमा