राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्दारा चुनाबी कार्यक्रम तथा प्रतिबद्धतापत्र सन्धिखर्कमा सार्बजनिक

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्बाचनको निम्ती राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आफ्ना चुनाबी कार्यक्रम तथा प्रतिबद्धतापत्र आज सार्बजनिक गरेको छ ।
सन्धिखर्कको होटल क्रिस्टिनामा  पत्रकार सम्मेलन आयोजना गरि प्रतिबद्धतापत्र सहित कार्यक्रम सार्बजनिक गरिएको घोषणा सभामा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बिसी अर्घाखाँची प्रदेश सभा निर्बाचन क्षेत्र नम्बर एकका उम्मेद्धार सागर के।सी।र क्षेत्र नम्बर दुइका उम्मेद्धार झबिलाल थापाले देशमा गणतान्त्रिक संबिधान आएपनि शान्ति र समृद्धिको महसुस जनताले गर्न नपाएको बताउनुभएको छ । 
उहांहरुले शत्तामा संबिधानलाई आफु अनुकुल ब्याख्या गर्नेहरुको हाबि भएकोले देशमा हिंसा,हत्या,भ्रष्ट्रचार जस्ता ब्यथिति मौलाउंदै गएको र त्यसलाई नियन्त्रण गर्दै समृद्ध राष्ट्र निर्माणमा सहयोग पु¥याउन आसन्न निर्बाचनमा आफुहरुले उम्मेद्धारी दिएको बताउनुभएको छ । अहिलेको संसदिय ब्यबस्थाबाट सम्पूर्ण जनताको हित हुन नसक्ने भन्दै उहांहरुले जनतालाई सचेत बनाउंदै जनवादी ब्यबस्थाको आधार तयार गर्न आफुहरुले निर्बाचनमा भाग लिएको स्पष्ट पार्नुभयो ।
  दल र ब्याक्तिगत स्वार्थमा फसेर जनतालाई झुठा आस्वासन बांड्नेहरुले गर्दा देशको राष्ट्रियता समेत खतरामा रहेको भन्दै आफुहरुले जितेमा राष्ट्रिय अखण्डता र जनताको हितमा रहेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चाका नेता कृष्ण के.सीको अध्यक्षता र गोपाल पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रमा राष्ट्रिय जनमोर्चाले एमाले माओवादी र आफुहरुबिचको केन्द्रिय सहमति अनुसार अर्घाखाँचीमा प्रतिनिध सभाको उम्मेद्धारी फिर्ता लिएको तर प्रदेश सभाका दुइवटै क्षेत्रमा आफ्ना उम्मेद्धार यथावत रहेको जनाउंदै भोलीदेखी गाउं केन्द्रित चुनाबी कार्यक्रम र मंसिर ८ गतेदेखी पालिका स्तरिय चुनाबी सभा गर्ने  जनाएको छ ।

अन्य समाचारहरु