प्रेमनारायण आचार्य
गोखुंगा, अर्घाखाँची २७ कात्तिक । नेपाली कांग्रेस प्रदेस सभा निर्बाचन क्षेत्र नम्वर १ को चुनावी प्रचारप्रसार कार्यक्रम आज गोखुंगामा सम्पन्न भएको छ ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका पुर्ब केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री तथा रेवती प्रसाद भुसालले कांग्रेसले अरुले पाटीले जस्तो जनतालाई झुठा आश्वसन नदिने बताउनु भएको छ ।
उहाले विकास निर्माणका कार्यलाई निरन्तरता दिनुपर्छ तर त्यो भाषणमा मात्र सिमित गरेर कहिल्यै विकास हुन सक्दैन भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी जोगाउन र विकास निर्माणलाई गति दिई मुलुकलाई समृद्ध बनाउन काँग्रेसलाई जिताउनुपर्ने बताउनुभएको छ ।
कांग्रेसका जिल्ला सभापति तथा निर्बाचन क्षेत्र नम्वर क का उम्मेद्धार बिष्णु प्रसाद खनाल (मुस्कान) ले जनताको सेवा गरिरहेको कारण पर्यटन, कृषि, र जनशक्तिको विकासबाट अर्घाखाँचीको कायापलट गर्नका लागि आफु उम्मेद्धार बनेको बताउनु भयो । उहाले जिल्लाको विकासमा आफुले र कांग्रेसले प्रमुख भुमिका निर्बाह गरेको बताउनु भयो ।
५ नम्बर प्रदेश समानुपातिक उम्मेदवार निर्मला क्षेत्रीले लोकतन्त्र र महिलाको अधिकारको लागि नेपाली कांग्रेसलाइ जिताउनु पर्ने बताउनु भयो । उहाले केन्द्रदेखी गाउँतहसम्मका महिलाहरुको बिकासकालागि कांग्रेसको विकल्प नभएको बताउँनुभयो ।
कार्यक्रममा कांग्रेसका महासमिति सदस्य केसब श्रेष्ठ, नेपाली कांग्रेसका क्षेत्रीय सभापति केसवराज कुवर, महाधिबेसन प्रतिनिधि कृष्ण खनाल, महाधिबेसन प्रतिनिधि तथा छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, जिल्ला सदस्य बाबुराम पौडेल, बैकुण्ठ थापा, सिता भुसाल, चन्द्रमान श्रेष्ठ, मणिराम परियार, नेपाली कांग्रेसका सोभाखर खनाल, बिष्णु भुसाल, चुरामणि खनाल, झबिन्द्र खड्का, क्षेत्रीय उपसभापति कृष्ण बेल्बासे, सचिव तारा फुल्लेल, कांग्रेस नेताहरु मणिराम खनाल, ठाकुर पन्थी, बासुदेव बिक लगायतले मन्तब्य राख्नु भएको थियो ।
गोखुंगामा भएको कार्यक्रम कबिराम पौडेलको अध्यक्षता, लोकेन्द्र बिकको सञ्चालन र गोकर्ण भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
यस्तै नेपाली कांग्रेस निर्बाचन क्षेत्र नम्वर २ को चुनावी प्रचार प्रसार कार्यक्रम जुकेना, थारपाइला, पदमे, र सितापुरमा सम्पन्न भएको छ । कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका उम्मेद्धार डाक्टर रामबहादुर विसीले विकास निर्माणलाई गति दिई मुलुकलाई समृद्ध बनाउन काँग्रेसलाई जिताउनुपर्ने बताउनुभएको छ । उहाले देसलाइ आर्थिक क्रान्तीको माध्यमबाट देसलाइ समृद्ध बनाउन कांग्रेसको जीत अपरिहार्य रहेको बताउनु भयो ।
जलुकेको लापेमा भएको कांग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रमलाइ सम्बोधन गर्दै उहाले नेपालको विकासको इतिहास कांग्रेस संग जोडिएको बताउनु भयो ।
कार्यक्रममा निर्बाचन क्षेत्र नम्वर खका उम्मेद्धार हिम्मत बहादुर टण्डनले विकास र समृद्धिको लागि कांग्रेसको पक्षमा मतदान गरेर विजयी वनाउन आग्रह गर्नु भएको छ । २ नम्वर क्षेत्रको मुहार फेर्न कांग्रेसको विकल्प नभएको बताउनु भयो । उहाले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको जीत अपरिहार्य भएको बताउनु भयो । उहाले वाम गठबन्धनले कांग्रेसलाइ झन बढि फाइदा भएको बताउदै कम्युनिस्टहरु धरासयी हुने बताउनु भयो ।
कार्यक्रममा कांग्रेस जिल्ला सचिव छविलाल पौडेल, नेता श्यामनाथ कास्यप, क्षेत्रीय सभापति अच्युत गौतम, महाधिबेसन प्रतिनिधि इन्द्रमणि पौडेल, जिल्ला सदस्य माधव प्रसाद पौडेल, हेमन्त वेल्वासे, कांग्रेस नेता जय बहादुर टण्डन, मोहन पन्थी, तरुण दलका मोती बेल्वासे, लगायतले मन्तब्य राख्नु भएको थियो ।