प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २८ कात्तिक । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रतिनिधि सभाको उम्मेद्धारी फिर्ता गरेपनि बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई भोट नहाल्ने बताएको छ ।
आफ्ना चुनाबी कार्यक्रम तथा प्रतिबद्धतापत्र सार्बजनिक गर्दै राष्ट्रिय जनमोर्चाले केन्द्रिय सहमति अनुसार प्रतिनिधि सभामा उम्मेद्धार बनेका शेरवहादुर बिवसीको उम्मेद्धारी फिर्ता लिएको तर भोट कस्लाइ दिने भन्ने बिषयमा छलफल नभएको जानकारी दिएका छन ।
अर्घाखाँची प्रदेश सभा निर्बाचन क्षेत्र नम्बर एकका उम्मेद्धार सागर के.सी.र क्षेत्र नम्बर दुइका उम्मेद्धार झबिलाल थापाले प्रदेस सभाको उम्मेद्धारकोलागि आफुहरु लागि परेको तर प्रतिनिधि सभाकोलागि आफुहरु फलानोलाइ भोट दिनुहोस भनेर कहि नभनेको बताउनु भएको छ । एमाले र माओवादीहरुले टोपबहादुर रायमाझिलाइ राष्ट्रिय जनमोर्चाले भोट दिदैछ भनेर भ्रम सृजना गरेको राष्ट्रिय जनमोर्चाका नेताहरुको भनाइ रहेको छ ।
देशमा गणतान्त्रिक संबिधान आएपनि शान्ति र समृद्धिको महसुस जनताले गर्न नपाएको उनीहरुको भनाइ छ । उहांहरुले शत्तामा संबिधानलाई आफु अनुकुल ब्याख्या गर्नेहरुको हाबि भएकोले देशमा हिंसा,हत्या,भ्रष्ट्रचार जस्ता ब्यथिति मौलाउंदै गएको र त्यसलाई नियन्त्रण गर्दै समृद्ध राष्ट्र निर्माणमा सहयोग पु-याउन आसन्न निर्बाचनमा आफुहरुले उम्मेद्धारी दिएको बताउनुभएको छ ।