अर्घाखाँचीडट्कम संवाददाता
हंशपुर, अर्घाखाँची । हिजोबाट औपचारिक रुपमा आसन्न निर्बाचनको प्रचार–प्रसारमा जुटेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले दुइवटा टोली बनाई चुनाबी कार्यक्रमलाई तिब्र पारेको छ ।
जस अन्तरगत पहिलो टोलीले आज मालारानी गाउंपालिकाको वार्ड नम्बर ६ को लमधारा र ८को मुलाचौर हंशपुरमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।भेलामा राष्ट्रिय जनमोर्चाका नेताहरुले प्रशिक्षणात्मक मन्तव्य राख्दै दशकौं देखी सत्ता समाल्दै आएका दलको खराब प्रबृतिका कारण राष्ट्र झनपछि झन गुम्राहामा फस्दै गएको बताउंनु भयो । उहांहरुले गुलिया भाषण र झुठा आस्वासन बांड्नेहरुलाई अझैपनि जनताले साथ दिएमा देश र नेपालीको स्थिति दयनिय हुने भन्दै सचेत भएर मतदान गर्न आग्रह गर्नुभएको छ ।
वार्ड नम्बर ८ मा बालकृष्ण अधिकारीको अध्यक्षता,सारदा अधिकारीको स्वागत मन्तव्य र राजेन्द्र अधिकारीको संचालनमा सम्पन्न भएको भेलामा राष्ट्रिय जनमोर्चा प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर के.सी.,नेता कृष्ण के.सी.,पशुपति ढकाल,कमल प्रसाद घिमिरे,५ नम्बर प्रदेशसभा समानुपातिक उम्मेद्धार कविराम खनाल,बाबुराम पन्थी र डिल बहादुर खत्रीले यस्तो बताउनुभएको हो । भेलाले राजेन्द्र अधिकारीको संयोजकत्वमा ५ सदस्यिय निर्बाचन मुल परिचालन समिति,अनन्त प्रसाद अधिकारीको संयोजकत्वमा ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र मान बहादुर बिष्टको संयोजकत्वमा ५१ सदस्यिय प्रचार-प्रसार समितिको गठन गरेको जनाइएको छ ।
यस्तै वार्ड नम्बर ६ लमधारामा धन बहादुर नगरकोटीको अध्यक्षता,यम बहादुर राउतको स्वागत मन्तव्य र मेघराज पौडेलको संचालनमा सम्पन्न भएको भेलाले शोभ बहादुर के.सी.को संयोजकत्वमा ९ सदस्यिय निर्बाचन परिचालन समिति,नरेन्द्र बहादुर थापाको संयोजकत्वमा ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र बाबुराम पोख्रेलको संयोजकत्वमा १ सय १ सदस्यिय निर्बाचन प्रचार-प्रसार समितिको गठन गरेको छ ।उता राष्ट्रिय जनमोर्चाको अर्को टोलीले आजै भुमिकास्थान नगरपालिकाको ढिकुरा र धनचौरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बुद्धिराम गैरेको अध्यक्षता,भिमलाल भुसालको स्वागत मन्तव्य र गोपाल प्रसाद भट्टराईको संचालनमा सम्पन्न भएको भेलामा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा प्रदेश सभा क्षेत्र नम्बर दुइका उम्मेद्धार झबिलाल थापा र समानुपातिक उम्मेद्धार सकुन्तला रानाले सत्ताशिन दलहरुले भारतको इशारामा कानुन संचालन गर्न खोज्दा राष्ट्रियता र नेपालीको भबिष्य समेत अन्धकार बन्दै गएकोले अबका चुनाबमा जनहित बिपरित लाग्ने शक्तिहरुलाई जनताले ठेगान लगाउनुपर्नेमा जोड दिनुभएको छ । भेलाले बुद्धिराम गैरेको संयोजकत्वमा ७ सदस्यिय निर्बाचन परिचालन समिति,नुमा गरुङ्ग उचैको संयोजकत्वमा ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र भिमलाल भुसाल संयोजक,तारापति भट्टराई सह-संयोजक रहेको ५५ सदस्यिय निर्बाचन प्रचार-प्रसार समिति धनचौरको गठन गरेको छ ।
यस्तै सोही टोलीको बिशेष उपस्थितिमा नारायण प्रसाद घिमिरेको अध्यक्षता,भरत घिमिरेको स्वागत मन्तव्य, लक्ष्मण खत्रीको संचालन र राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेलको आथित्यतामा सम्पन्न भएको भेलाले नारायण प्रसाद घिमिरे संयोजक रहेको ७ सदस्यिय निर्बाचन परिचालन समिति,भरत घिमिरे संयोजक रहेको ५ सदस्यिय आर्थिक ब्यबस्थापन समिति र लक्ष्मण खत्री संयोजक,सुन्दरा रायमाझी सह–संयोजक रहेको ५१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समिति ढिकुराको गठन गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।