वीरेन्द्र केसी
फूदवाङ, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका उप-मेयर ठाकुर कुमार विकले सहकारीको माध्यमबाट मुलुकलाई सम्बृद्ध बनाउन सकिने बताउनुभएको छ । समुदायलाई आर्थिक रुपमा सबल बनाउन सहकारीको महत्वपूर्ण भूमिका रहेको उहाले बताउनुभयो ।
सन्धिखर्क नगरपालिकाको फूदवाङमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौं अधिवेशन तथा तेह्रौं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उम-मेयर विकले उत्पादनमा लगानी गरी आर्थिक रुपमा सम्बृद्ध गाउ“ बनाउन सहकारीको माध्यमबाट आर्थिक विकासलाई अघि बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १ का अध्यक्ष युवराम बञ्जाडे, वडा नम्बर २ का अध्यक्ष मोतिजंग रायमाझी, वडा नम्बर ३ का अध्यक्ष लिलाराम गौतम, वडा नम्बर ७ का अध्यक्ष प्रितमबहादुर थापा, कान्तिपुर दैनिकका उप-सम्पादक वीरेन्द्र केसी, शिक्षक दिल्ली थापा, संघसस्थाको तर्फबाट कोपिला गैरे, मोहन गौतम, राधा नेपाली लगायतले आर्थिक सम्बृद्धिको आधार नै सहकारी भएको बताउनुभएको थियो ।
सहकारीका अध्यक्ष सिद्धिराज भट्टराइको अध्यक्षता, प्रवन्धक विष्णुप्रसाद मरासीनिको सञ्चालन र सञ्चालक समिति सदस्य लक्ष्मण कडेलको स्वागतमा सम्पन्न कार्यक्रम लेखा प्रतिवेदन गिता केसीले प्रस्तुत गर्नुभएको थियो । १२ सय १९ शेयर सदस्य रहेको सहकारीमा १ सय ७२ समुह रहेका छन । १० करोड पुजी रहेको सहकारीले आफना शेयर सदस्यको छरिएर रहेको पुजीलाई बचतको रुपमा एकीकृत गरी उनीहरुलाई नै कृषि व्यावसाय, पशुपालन, घरेलु, उद्योग व्यापार तथा दैनिक जीवनमा आवश्यक पर्ने विविध क्षेत्रमा लगानी गरेको अध्यक्ष भट्टराइले बताउनुभयो । आत्मनिर्भर बनाएर गरिबी न्युनिकरण गर्ने लक्ष्य सहकारीको रहेको उहा“ले बताउनुभएको छ । नयाँ नेतृत्व चयनका लागि अहिले बन्दशत्र चलिरहेको प्रवन्धक विष्णुप्रसाद मरासीनिले बताउनुभएको छ ।