सन्धिखर्कमा हिमालय नमुना ब्याबसायीक पशुपालन फर्मको सार्बजनिक सुनुवाई तथा सहयोग कार्यक्रम सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची कात्तिक, ३० । अर्घाखाँची हिमालय नमुना ब्याबसायीक पशुपालन फर्म सन्धिखर्क दश बराप बिहारको आयोजना र किसानका लागी उन्नत बिउँ बिजन कार्यक्रम केयुबिके को सहयोगमा सन्चालन भएको सहयोग कार्यक्रमको सार्बजनिक सुनुवाई सहित समापन कार्यक्रम आज सम्पन्न भएको  छ ।
समापन कार्यक्रममा प्रमुख अथितिको रुपमा मनतब्य राख्दै केयुबिक कृषी उद्योम केन्द्रका सल्लाहकार बाबुराम चुँदालीले पहाडी जिल्लाहरुमा गरीबिलाई न्युनिकरण गर्नको लागी कृषकहरुलाई बिभिन्न क्षेत्रमा आफ्नो संस्थाले सहयोग गरीरहेको बताउदै केयुबिके को सहयोग बाट ब्यबसायीहरुलाई प्रत्यक्षरुपमा फाईदा पुगेको भन्दै किसानहरुलाई ब्यबसायीक रुपमा आफ्नो पेसामा लाग्न  आग्रह गर्नु भएको थियो । आफुहरुले उत्पादन भन्दा पनी बजारमा जाने र बिक्रीहुने कुरालाई बढी महत्व दिने हुनाले सबै कार्यक्रमलाई बजार संग तुलना गरीने पनी चुँदालीले बताउनु भएको थियो । 
 
कार्यक्रममा करीब चौध बर्ष सम्म बिदेशमा रोजगारी गरी स्वदेशमै केहि गरौं भन्ने भावनाले नेपाल फर्किएका बाँगीका किसान रामचन्द्र भुसालले आफुहरुको अथक प्रयास र मेहनतले सस्थालाई यहाँ सम्म ल्याउन सफल भएको भन्दै सहगोग गर्ने सम्पूर्णलाई धन्यबाद ज्ञापन समेत गर्नु भएको थियो । हामीले प्रयास गरे के गर्न सकिदैनर भन्दै कृषक भुसालले बिदेश पलाएन भएका युबाहरुलाई स्वदेशमै आई कृषी पेसागरी रोजगारीमा लाग्न आग्रह समेत गर्नु भएको थियो ।
उप-आयोजनाको मूललागत रु २४ लाख ५९ हजार १ सय ७१ रुपैया, अनुदान ग्राहिको लागत १४ लाख ६१ हजार ८ सय ९६  र केयुबिकेको ९ लाख ९७ हजार २ सय ८१ बराबरको लागतमा सम्पन्न योजनाबाट दश जनाको घरपरीबार प्रत्यक्ष रुपमा लाभाम्बीत भएको सस्थाले जनाएको छ ।
कार्यक्रममा केयुबिकेकी बाख्रा बिकास प्राबिधिक राधा नेपाली,जिल्ला पशुसेबा कार्यालयका प्राबिधिक शुन्दरलाल बिक,समाजसेबि देबबहादुर खड्का, एकिकृत नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कृष्णप्रसाद भुसाल,राष्ट्रिय जनमोर्चाका प्रतिनिधि भिमलाल आचार्य,नयाँशक्तिका पुस्कर आचार्य,उद्योग बाणीज्य संघका प्रतिनिधि संकर महत, पत्रकार श्याम घिमिरे,हृदय भुसाल लगाएतले कार्यक्रम सफलताको शुभकामना दिदै कृषक र सहयोगी संस्थालाई धन्यबाद समेत प्रदान गर्नु भएको थियो ।
कार्यक्रम हिमालय नमुना ब्याबसायीक पशुपालन फर्म सन्चालक समितिका अध्यक्ष रामचन्द्र भुसालको अध्यक्षता ब्यबसायी कृष्ण पन्थीको स्वागत मनतब्य र टेकबहादुर थापा को सन्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु