अर्घाखाँचीमा विप्लप कम्युनिस्ट पार्टीका ६ जना नेता तथा कार्यकर्ता प्रहरी नियन्त्रणमा

Image result for अर्घाखाँची प्रहरी

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची, ३० कात्तिक । अर्घाखाँची जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको चुनाव प्रचारप्रसारमा आक्रमण हुन सक्ने खतराप्रति संवेदनशीलता अपनाउँदै नेपाल कम्युनिस्ट पार्टीका (विप्लप) ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चुनावमा अशान्ति फैलाउन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै अर्घाखाँची प्रहरीले राष्ट्रिय युवा जनस्वयं सेवकका केन्द्रिय सदस्य तथा जिल्ला सचिवालय सदस्य योगेन्द्र चौहान, जिल्ला सदस्य भक्तवहादुर परियार, नरिस्वर पाण्डे, गोपाल नेपाली, मित्रदेव घिमिरे र भुमिकास्थान नगरपालिकाका एरिया इन्चार्ज श्याम चुँदालीलाइ पक्राउ गरिएको प्रहरी निरिक्षक प्रदिप डिसिले जानकारी दिए ।
पक्राउ परेका विप्लपका नेता तथा कार्यकर्तामाथि सोधखोज र अनुसन्धान कार्य भइरहेको जानकारी दिँदै उनीहरुबाट हुन सक्ने खतराप्रतिको संवेदनशीलतामा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरी निरिक्षक डिसीले बताए ।

अन्य समाचारहरु