सन्धिखर्कमा पत्रकारहरुसँग छलफल, सामाजीक न्याय र समृद्धिमा जोड पर्ने डिल्लीराज खनालको भनाई

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची मंसीर १४  । नेकपा एमाले केन्द्रीय सल्लाहकार एवं अर्थबिद् डाक्टर डिल्लीराज खनालले समानता र सामाजीक न्यायमा आधारीत आर्थीक प्रणालीलाई अगाडी बढाउनु पर्ने कुरामा जोड दिएका छन । 
बिहिबार सदरमुकाम सन्धिखर्कमा अगुवा पत्रकारहरु संग कुराकानी गर्दे नेता खनालले बिपन्न बर्गहरुलाई पहिलो प्राथमिकतामा राखी उत्पादनमुखी सहकारीको निर्माण गरी देशलाई आर्थीक समृद्धि तिर लैजानको लागी आर्थीक क्रान्तीको बिकल्प नभएको भन्दै त्यसको लागी बाम गठबन्धनलाई जिताउन आग्रह समेत गरेका छन । 
पछील्लो समय देशमा निजीकरणको नाममा अराजकता बढेको भन्दै नेता खनालले त्यसलाई रोक्नको लागी सरकार उदासिनता भएको आरोप समेत लगाए । त्यस्तै नेता खनालले आसन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनको जित भएमा मात्र देशले सबै निकास पाउने दाबी समेत गरे । 
एमाले लोकतान्त्रीक बिधि र मान्यतालाई आत्मसाथ गरी अगाडी बढ्ने पार्टी भएकोले सबैलाई मिलाएर लैजानु पर्ने धारणा समेत ब्यक्त गरका थिए । 
कार्यक्रकमा एमालेका नेता एवं शैक्षिक ब्यक्तीत्व भोजबहादुर शाहको समेत उपस्थीति रहेको थियो ।