गोखुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । दुईवटा टोलीद्धारा आसन्न निर्बाचनको प्रचार-प्रसारको कार्यक्रमलाई तिब्र पारेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज मालारानी ९ गोखुङ्गाको पात्ले,तल्लो हल्दे,उपल्लो हल्दे, देउराली खोला र देउराली बजार लगायतका बिभिन्न स्थानमा चुनाबी सभा, घरदैलो, अन्तरक्रिया लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्धार सागर केसी, प्रदेश सभा समानुपातिक उम्मेदवार कविराम खनाल र अखिल नेपाल किसान संघका केन्द्रिय महासचिव कृष्ण के.सी.ले मतदाताहरुसंग आफ्ना चुनाबी एजेन्डा प्रस्तुत गर्दै बिभिन्न बिपत्तिमा परि खुला आकाश मुनि जिवन काटेका जनतालाई त्रिपाल बांड्दा समेत कमिशन खानेहरुले निर्बाचनको समयमा दिएका गुलिया बचन सुन्दा आफुहरुलाई आश्चर्य लागेको बताउंदै राष्ट्रवादी शक्ति र विकासप्रेमी उम्मेद्धारलाई भोट हाल्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता कमल प्रसाद घिमिरे,अखिल(छैठौं) केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल युवक संघका जिल्ला सह–सचिव ठाकुर पन्थी,सुदिप पन्थी,जागृत केसी, सञ्जय पौडेल,मोहन पुन,विकास के.सी.,राजेश के.सी.,अनिल पाण्डे र राजु पाण्डे लगायतको आतिथ्यता रहेको थियो । यस्तै राष्ट्रिय जनमोर्चाको अर्को टोलीले आजै पाणिनि गाउंपालिकाको सिम्लेमा चुनाबी सभा सम्पन्न गरेको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा ५ नम्बर प्रदेश सदस्य शेर बहादुर बि.सी.,प्रदेश सभा निर्बाचन क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापा र प्रदेश सभा समानुपातिक उम्मेद्धार सकुन्तला रानाले मन्तव्य राख्दै सत्ताशिन दलहरुले भारतको इशारामा कानुन संचालन गर्न खोज्दा राष्ट्रियता र नेपालीको भबिष्य समेत अन्धकार बन्दै गएकोले अबका चुनाबमा जनहित बिपरित लाग्ने शक्तिहरुलाई जनताले ठेगान लगाउनुपर्नेमा जोड दिनुभएको छ ।
केयरसिंह घ.म.को अध्यक्षता,मिनराज भट्टराईको स्वागत मन्तव्य र तुल्सीराम घ.म.को संचालनमा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेद्धार उषा पुन, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव गोपाल पौडेल,सचिवालय सदस्य गोविन्द बि.सी.,देवी प्रसाद पौडेल,देबी घ.म. र तारा बहादुर सोमरे लगायतका नेताहरुको आतिथ्यता रहेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।