त्रिशुली नदीमा बस दुर्घट्नापछि अर्घाखाँचीका जनता शोकमा, राजनीतिक दलका नेता, कार्यकर्तालाई खुशीयाली

प्रकासित मिती:- २०७४ म‌सिर १४, विहीवार
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको चुम्लिङमा बुधबार काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको यात्रु बसलाई ट्रक ठक्कर दिदा भएको दुर्घटनामा परि ८ जनाको मृत्‍यु, २२ जना घाइते र ४ जना बेपत्ता भएपछि अर्घाखाँची शोकमा डुबेको छ ।
दुर्घटनापछि बुधवार जिल्लाभर र देश विदेशमा रहेका अर्घाखाँचीबासीको ध्यान त्रिशुली तिर गयो । कयौको घरमा राम्रोसँग खाना समेत पकेन् । बिहीवार पनि अर्घाखाँचीका जनता शोकमा छन् ।
 राजनीतिक दलका नेता, कार्यकर्तालाई खुशीयाली
त्रिशुलीमा बस दुर्घटना भए लगतै जिल्ला र देश-विदेशमा रहेका अर्घाखाँचीबासीले ठुलो दु:ख, चिन्ता गरेता पनि जिल्लामा मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि गाउँ-गाउँमा भोट् माग्न डुलेका एमाले, माओवादी केन्द्र र कांग्रेसका नेता कार्यकर्ताले भने बुधवार दिनभर रमाइलो गरेका थिए ।
ति दलका उम्मेद्वारले चुनावी सभामा बस दुर्घट्नाको याद समेत गरेनन् । उनिहरुले सदा जस्तै झुटा चुनावी आश्वासन मात्र दिनमा समय खर्चे । साथै उनिहरुले गाउँ – गाउँमा चुनावी गीत गाउदै, नाच्दै रमाइलो गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डका छोरा प्रकाश दाहालको निधन हुँदा २,३ दिन शोक मनाएका एमाले, माओवादी नेता कार्यकर्ताले अर्घाखाँची जिल्लाभर चुनावी सभा, खसी कुखुरा काटेर भोजभतेर गर्दै गीत संगित घन्काएर रमाइलो गरेका देखिन्थ्ये ।
जिल्लाका ति दलका उम्मेदारले फेसबूकमा समवेदना लेखेता पनि दिनभरका चुनावी कार्यक्रममा त्यो समवेदना प्रकट गरेनन् । जिल्लामा दु:ख परेको बेला उम्मेद्वारले चुनावी कार्यक्रम, रमाइलो १ दिनको लागि भएपनि स्थगित गर्नुपर्थ्यो भन्ने जिल्लाबासीको भनाई रहेको छ ।  
दुर्घट्नामा मृत्‍यु हुनेको संख्या ८  
चालक दलका सदस्यसहित ३२ यात्रु लिएर काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको लु२ख २९१ नम्बरको यात्रु बसलाई मुग्लिङबाट धादिङतर्फ जाँदै गरेको ना६ख ४९७२ नम्बरको ट्रकले ठक्कर दिएको र ट्रकको ठक्करबाट रन्थनिएको बस एकैचोटी त्रिशूलीमा पुगेको थियो ।
दुर्घट्नामा सन्धिखर्क नगरपालिका ८ किमडाँडाकी ४३ वर्षिया लक्ष्मी पौडेल(बीएण्डबीमा ज्यान गुमाउनेमा), मालारानी ८ का वर्ष ५२ का नुदराज अधिकारी, मालारानी ५ का वर्ष ३०,३२ का बिष्णु टन्डन, वाङ्ला, अर्घाखाँचीका हाल कपिल्बस्तुका वर्ष ३९ का ओम बहादुर सिजापती, दैलेखका वर्ष ३२ का अम्मर बहादुर शाही, बर्दघाट नवलपरासी वर्ष ५० का कृष्ण ढकाल,  देवदह, रुपेन्देही वर्ष ३० का दिपक पाण्डे र सनाखत हुन नसकेको एक जनाको मृत्‍यु भएको थियो ।
७ जना अझै बेपत्ता, अर्घाखाँचीकै ४ जना
अर्घाखाँचीका बेपत्ता मध्ये दाँयाबाट क्रमश:- मनिषा थापा, नबराज बन्जाडे, दुर्गा बहादुर कार्की र हुमकला रागु मगर ।
घटनामा बेपत्ता हुनेहरुमा सन्धिखर्क १ कि मनिषा थापा, भुमिकास्थान नगरपालिका –३, साविक (धारापानी –७) का नबराज बन्जाडे, मालारानी गाउँपालिका ५ कार्कीटोला बागीका दुर्गा बहादुर कार्की, र भुमिकास्थान – ७ सलेन्धाराकी हुमकला रागु मगर, यस्तै अन्य जिल्लामा रुपेन्देहीको सैनामैना नगरपालिका, बासगढीका शंकर कुवर, नवलपरासी गैंडाकोट १३ का बिकास रेग्मी र कोपिला पोख्रेल रहेका छन् । 
बेपत्ता उनीहरुको विहीबार दिनभरि खोजी गरिए पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दीपक थापाले  जानकारी दिए । भने शुक्रबार  बिहान ९ बजेबाट पुन: खोजिकार्य शुचारु हुने भएको छ । 
अामा त्रिशुलीमा बेपत्ता, ७ महिने छोरा भरतपुर अस्पतालमा 
७ महिने अपाङ्ग शिशु आर्यन थापालाई  चितवनमा स्थानियबासी महिलाले बस दुर्घट्ना पछि लगतै  फेला परेपछि ख्याल गर्दै  ।
गाउँगाउँमा अस्पताल बनाउँछौं भन्दै नेताहरु भोट माग्न व्यस्त छन् । तर, जिल्लामै राम्रो अस्पताल भैदिएको भए सन्धिखर्क-१ की २७ वर्षीया युवती मनिषा थापा ७ महिने शिशु बोकेर काठमाडौं धाउने थिइनन् । र, उनले त्रिशुली नदीमा डुबेर बेपत्ता हुनुपर्ने थिएन ।
भरतपुरस्थित पुरानो मेडिकल कलेजको बच्चा वार्डमा एक अवोध शिशु रोइरहेका छन् । उनी हुन् ३० जना यात्रु चढेको बस त्रिशुलीमा डुब्दा पनि दैवले बचाएका ७ महिने अपाङ्ग शिशु आर्यन थापा ।
७ महिने अपाङ्ग शिशु आर्यन थापाको चितवनमा उपचार गरिदै । 
बुधबार त्रिशुलीमा बस दुर्घटनाका परी घाइते भएका आर्यनलाई अस्पतालको आइसीयुबाट स्वास्थ्यमा सुधार भएपछि बच्चा वार्ड सारिएको छ । उनकी आमा मनिषा थापाको भने न त सास भेटिएको छ, न लास नै । उनी अझैसम्म त्रिशुलीको गर्तमै हराइरहेकी छिन् । बस भीरबाट नदीमा खसेपछि मनिषाले शिशुलाई गाडीबाट बगरमा फालेको हुन सक्ने उद्धारकर्ता सुरक्षाकर्मीहरुको अनुमान छ ।
                                        ७ महिने अपाङ्ग शिशु आर्यन थापालाई  चितवनमा स्थानियबासी महिलाले बस दुर्घट्ना पछि लगतै  फेला परेपछि दुध खुवाउदै   ।
आर्यन जन्मजात अपाङ हुन् । उनको खुट्टामा समस्या छ । काठमाण्डौंमा उपचार गराइरहेकी मनिषा चिकित्सकको सल्लाहअनुसार फलोअपका लागि काठमाण्डौं आएर घर र्फकने क्रममा दुर्घटनामा परेकी हुन् ।
एक महिनासम्म काठमाण्डौंमा राखेर समेत उनले उपचार गराएकी हुन्, मनिषाकी जेठानी बिष्णु थापाले  भनिन्,  यसपटक पनि बाबुकै चेकअपका लागि उनी काठमाडौं गएकी हुन् । मनिषाका श्रीमान अर्थात् घाइते शिशु आर्यनका बुबा सुन्दर थापा बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन् । उनी छुट्टीमा नेपाल आएर सात महिनाअघि मात्रै साउदी फर्केका हुन् । कान्छो छोराको काठमाडौंमा उपचार गर्नका लागि सुन्दरले साउदीबाट खर्च पठाउँदै आएका थिए । अर्घाखाँचीस्थित घरमा मनिषा र सुन्दरका ९ बर्षे छोरा छन् । भाइ र आमा कतिबेला काठमाडौंबाट फर्केलान् भनेर हेर्दाहेर्दै उनका आँखा टट्टाएको आफन्त बताउँछन् ।
घाइते इन्दिरा दमासेअनुसार दुर्घटना यसरी भयो:-
दुर्घटनामा ​ घाइते भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार गर्दै गरेकी भूमिकास्थान नगरपालिका -४ की २१  वर्षिया इन्दिरा दमासेले ट्रकले २ पटक ठक्कर दिदा दुर्घटना भएको बताईन । उनले यसो भनिन्:-
-म र भाइ सन्दीप अर्घाखाँची जाँदै थियौँ । बिहान ५ बजेर ३० मिनेट जाँदा कलंकीबाट बस छुट्यो । करिब ३०-३२ यात्रु थियौँ ।
-नौबिसेमा खाजा खायौँ । चालकले राम्ररी नै बस कुदाइरहेका थिए ।
-बिहान ९ बजेतिर फिस्लिङ बजार कटेपछि दुर्घटना भयो ।
-विपरीत दिशाबाट आएको ट्रकले अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा हाम्रो लेन मिच्यो । ट्रकले आफ्नो लेन समाउन भ्याएन ।
-घुम्तीजस्तो भएकाले बस पनि आफ्नै गतिमा थियो ।
-तर, ट्रकले सीधै हाम्रो बसलाई हान्यो । मैले देखेअनुसार ट्रक र बस रोकिए ।
-ट्रक पुनः पछाडि हट्यो र फेरि जोडले बसलाई हान्यो ।
-पहिलोपटक हान्दा हामी सडकमै रोकिएका थियौँ । दोस्रो धक्कामा गाडी त्रिशूलीमा खस्यो ।
-म बेहोस भएछु । घाइते अवस्थामै नदी-किनारबाट मलाई उद्धार गरे ।