मालारानी बामरूक, खनदह र धारापानीको राईखन्ने खिलुमा राष्ट्रिय जनमोर्चाको चुनाबी सभा सम्पन्न


गोपाल प्रसाद भट्टराई
बामरूक, अर्घाखाँची । दुईवटा टोलीद्धारा आसन्न निर्बाचनको प्रचार-प्रसारको कार्यक्रमलाई तिब्र पारेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज भुमिकास्थान ३ धारापानीको राईखन्ने खिलु,मालारानी ७ को बामरूक र ३ को खनदह लगायतका स्थानमा चुनाबी सभा सम्पन्न गरेको छ । 
कार्यक्रममा राष्ट्रिय जनमोर्चा अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार सागर केसी, राष्ट्रिय जनमोर्चाका नेता डिलबहादुर खत्री,अखिल (छैठौं)का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल युवक संघका जिल्ला सहसचिव ठाकुर पन्थी लगायतले मन्तव्य राख्दै संसदिय ब्यबस्थालाई अन्तिम बिकल्प सम्झिनेहरुले सत्तामा टिक्न मुलुकको उर्जाशिल क्षेत्रहरु विदेशलाई बुझाइसकेको आरोप लगाउंदै जनता संग एउटा बोल्ने केन्द्रमा अर्कै गर्नेहरुसंग सचेत हुन आग्रह गर्नुभएको छ । 
कार्यक्रममा अखिल नेपाल शिक्षक संघका प्रतिनिधि महेश पाण्डे,विद्यार्थी नेताहरू जागृत केसी, सञ्जय पौडेल, मोहन पुन, विकास केसी, राजेश केसी, अनिल पाण्डे र राजु पाण्डे लगायतको सहभागिता रहेको थियो ।
यस्तै राष्ट्रिय जनमोर्चाको अर्को टोलीले आजै सन्धिखर्क नगरपालिकाको वार्ड नम्बर १ र २ मा चुनाबी सभा,जभेटघाट,अन्तरक्रिया लगायतका चुनाबी कार्यक्रम सम्पन्न गरेको छ ।  
कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्रदेश सभा निर्बाचन क्षेत्र नम्बर २ का उम्मेद्धार झबिलाल थापा, केन्द्रिय प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेद्धार कल्पना पोख्रेल,उषा पुन, प्रदेश सभा समानुपातिक उम्मेद्धार सकुन्तला राना, राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष पशुपति ढकाल,नेताहरु सिद्धि भट्टराई,गोविन्द बि.सी.,कृष्ण खनाल,दुर्गा बहादुर के.सी.,जिवलाल बन्जाडे,शालिकराम बन्जाडे लगायतको सहभागिता रहेको थियो । 
चनाबी कार्यक्रममा मतदाताहरुसंग कुराकानी गर्दै उहांहरुले मन्तव्य राख्दै २०३८ सालदेखी पटक-पटक सत्तामा रहेपनि जनताका आधारभुत आबस्यकता पुरा गर्न नसक्नेहरुले निर्बाचनको मुखमा आएर कायाप्लट गर्ने भ्रमको आस्वासन बांडेको आरोप लगाउंदै त्यस्ता भ्रमलाई चिर्न आग्रह गर्नुभएको छ । 
उहांहरुले भोट माग्न आएका प्रतिनिधिहरु चुनाब जितेपछि अर्को चुनाबमा फेरी पनि भोटमाग्न मात्रै आउनेहरुलाई जनताले चिनिसकेको भन्दै यसपाली राष्ट्रिय जनमोर्चालाई भोट हाल्नेमा आफुहरु बिश्वस्त रहेको   छ ।