प्रेम खड्का
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाली सेनाको श्री रामवाण गुल्म अर्घाखाँचीले शुक्रबार आयोजना गरेको स्वास्थ्य शिविरमा २०५ जना विरामीलाई चेकजाँच तथा औषधि वितरण गरिएको हो । जसमा १२१ महिला र ८४ जना पुरुषले सेवा लिएका थिए ।
जिल्ला अस्पताल अर्घाखाँचीका मेडिकल अधिक् त डा. कविराज भुसाल र नेपाली सेनाको श्री रामवाण गुल्मको टोलीले सेवा प्रदान गरेको शिविरमा सबै उमेरका महिला, वाल वालिका, वृद्ध वृद्धा, युवायुवती लगायतले उपचार तथा परामर्श लिएका थिए ।
यस्तै शिविरमा कब्जियत, हाडजोर्नी, रुघाखोकी, स्वासप्रश्वास दम, ग्यासट्रिक तथा महिला रोग, छाला सम्बन्धी रोग लगायत सामान्य रोगको समेत स्वास्थ परिक्षण गरिएको थियो । शिविरको संचालनका लागि जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँची र नोवेल कम्प्यासनेट भोलेन्टेरियर्स (एन.सि.भी ) सहयोग गरेको हो ।
नेपाली सेनाको श्री रामवाण गुल्मले अर्घाखाँची जिल्लामा सरसफाई, निर्माण, स्वास्थ्य लगायतका हरेक प्रकारका सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।
निशुल्क स्वास्थ्य लिन आएका विरामीको विवरण यस प्रकार छ:-