अर्घाखाँची र गुल्मीमा निर्वाचनलाई स्वच्छ, र भयरहित बनाउन नागरीक समाज संस्थाको संयुक्त अपिल

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची र गुल्मी जिल्लामा कृयाशील बिभिन्न संघ संस्थाहरुले आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् । 
निर्वाचन लोकतान्त्रिक राजनीतिक पद्धतिलाई स्थापित गर्ने महत्वपूर्ण आधारशिला भएको भन्दै निर्वाचनमा शान्तिपूर्ण, पारदर्शी, स्वतन्त्र र भयरहित वातावरणमा भाग लिन पाउनु आम नागरिकको नैसर्गिक अधिकारको सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन् । 
पछिल्लो समय भएका केही निर्वाचन विरोधी गतिविधिप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै जिल्लाका बिभिन्न संघ संस्थाले शुक्रवार संयुक्त प्रेश बिज्ञप्ती मार्फत निर्वाचनलाई भयरहीत वातावरणमा सम्पन्न गर्न सबै पक्ष समक्ष अपिल गरेका हुन् । निर्वाचन पूर्णरुपमा भयरहित, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न हुन्छ भन्ने कुरामा आम नागरिक अझै पनि पूर्णरुपमा विश्वस्त हुन नसकेको पनि बिज्ञप्तीमा उल्लेख छ । ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि हामी तपसिल बमोजिमका गुल्मी जिल्लामा कार्यरत संस्था तथा ब्यक्तिहरुले सम्बन्धित सबैप्रति यसै प्रेसविज्ञप्तिमार्फत हार्दिक अपिल गर्दछौं ।’ , ‘बिज्ञप्तीमा भनिएको छ । 
बिज्ञप्ती अर्घाखाँचीमा सुशासन प्रवद्र्धनका लागि जिल्लास्तरीय नागरीक सञ्जाल, अर्घाखाँची, गैसस महासंघ नेपाल पत्रकार महासंघ, नेपाल मिडिया नेटवर्क, एकीकृत ग्रामीण विकास समाज, अर्घाखाँची शाखा, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, अर्घाखाँची, प्रकास सचेतन समुह प्राग, अन्र्तपार्टी महिला सञ्जाल, अनौपचारिक सेवा केन्द्र इन्सेक, अर्घाखाँची लगायतले हस्ताक्षर गरी प्रेस बिज्ञप्ती जारी गरेका छन् । यस्तै गुल्मीमा सुशासन प्रवद्र्धनका लागि जिल्लास्तरीय सञ्जाल, गैसस महासंघ, नेपाल पत्रकार महासंघ, सृजनशिल सामुदायिक विकास केन्द्र, गुल्मी, मानवअधिकार सचेतन संस्था, गुल्मी, एकीकृत ग्रामीण विकास समाज, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, गुल्मी, दलित महिला संघ, इन्सेक जिल्ला प्रतिनिधी लगायतले हस्ताक्षर गरी जारी गरेको छन् । 
अर्घाखाँची र गुल्मीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन  आगामी मंसीर २१ गते हुँदै छ । अर्घाखाँचीमा १ प्रतिनिधी सभा र २ प्रदेश सभा गरी तीन पदका लागि निर्वाचन हुँदै छ । गुल्मी जिल्लामा २ प्रतिनिधी सभा र ४ प्रदेशसभा सदस्यको पदको  लागि निर्वाचन हुँदैछ ।