किमडाँडामा कार दुर्घटना (तस्बिर सहित)

युवराज थापा 
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न: -८  साबिक किमडाँडामा कार दुर्घटना भएको छ ।  
किमडाँडाको छेडा देखि तल ओरालोमा ढाकाबाङ्ग देखि नवलपरासी जान हिडेको  बा १०-च ९१८ को फोर्ड फिगो कार ओभर स्पिडको कारण भित्तामा धस्सिदा दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षती भने कुनै भएको छैन ।   
कारको अघिल्लो भाग र  टायरमा क्षती पुगेको छ । कारमा ५ जना सवार रहेका थिए । उक्त कार ढाकाबाङ्ग जन्म घर भई हाल नवलपरासीमा बसोबास गर्दै आएका यम बहादुर थापाले चलाएका थिए । 
साथै दुर्घटना परेको उक्त कारमा सवार रहेका सबैजनालाइ ट्याक्सी मार्फत सन्धिखर्क पठाइएको छ ।