अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको अर्घा र बाँगीको संगम स्थल अल्गाटारी, खन लुटिपोखरी, खनदह बजारमा बाम गठबन्धन अर्घाखाँचीको चुनावी सभा सम्पन्न भएको छ ।
कार्यक्रममा निर्वाचन परिचालन समिती संयोजक तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार टोप बहादुर रायमाझी, प्रचार प्रसार समिती संयोजक चन्द्र बहादुर खड्का (उज्ज्वल), प्रदेश सभा सदस्य क्षेत्र न १ का उम्मेद्वार चेतनारायण आचार्य, नेकपा माओवादी प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेद्वार शुसिला श्रीपाली एव बाम्पन्थी नेता गोपाल खनाल। नरेन्द्र कुमार क्षेत्री लगायत बोलेका थिए ।
बाम गठबन्धनका नेताहरुले नेपाली जनता बाम गठबन्धनको सरकारको पर्खाइमा रहेको बताएका छन् । उनिहरुले चुनाबी सभामा मन्तब्य राख्दै उनीहरुले जनाधिकारको रक्षा र सम्बृद्धिको लागि बाम सरकारको बिकल्प नभएको बताए । नेपाली कांग्रेसले लामो समय शासन गरेपनि जनताको पक्षमा काम गर्न नसकेको उनीहरुको आरोप थियो ।