अर्घाखाँचीमा बिसीले मतदातालाई पैसा बाँडेको समाचार भ्रमपुर्ण रहेको कांग्रेसको भनाई, बाम गठबन्धनले पनि भोट् किन्न पैसा बाँडेको दावी


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा चुनावको मुखमा आएर नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार डा. रामबहादुर बिसीले पैसा बाँडेको भनी अर्घाखाँचीडट्कममा प्रकासित समाचार कपोकल्पित भएको कांग्रेस अर्घाखाँचीले जनाएको छ ।
अर्घाखाँचीडट्कममा भिडियो सहित बिसीले मतदातालाई पैसा बाँडेको समाचार प्रकासित भएको थियो । उक्त भिडियोमा २,३ युवाली बिसीबाट पैसा लिएको दावी समेत गरेका छन् । 
बिसीले पैसा कही कतै पनी पैसा वितरण नगरेको नेपाली कांग्रेस अर्घाखाँचीले दावी गरेको छ । कांग्रेस अर्घाखाँचीले आफुहरुका कुनै पनि उम्मेदवार पैसा बाड्ने खालको नभएको बताउदै कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले जनताको लहर देखेर बिपक्षी हरुले गलत अफबाहा फैलाउन लागेको कार्यबाहक सभापति शान्ता भन्डारिले बताईन ।
अर्घाखाँचीडट्कमले मालारानीमा कांग्रेस उमेदवार बिसिले १ लाख पचास हजार रुपैया पैसा बितरण गरि मत किनेको भनी आएको समाचार भ्रमपुर्ण रहेको र त्यस्ता समचारको पछाडि नलागि लोकतन्त्रको पक्षमा उभिन कांग्रेस अर्घाखाँचीले आग्रह गरेको छ ।
यस्तै कांग्रेसले बाम गठबन्धन एमाले र माओवादी केन्द्रले पनि मतदातालाई पैसा बाँडेको प्रमाण आफुहरुसँग रहेको बताएको छ । साथै आवश्यक परे ति प्रमाण उपलब्ध गराईदिने बताएको छ ।  
सम्बन्धित समाचार