अर्घाखाँचीमा पूर्णसुरक्षा व्यवस्था, मतदातालाई निर्धक्क भएर मताधिकार प्रयोग गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको अपिल

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले भोली बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले पूर्णसुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न पनि मतदातालाई अपिल गरेको छ ।
यस्तै, अपांगता, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिइ मतदान गर्न पाउने व्यवस्था गरेको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदाता परिचयपत्र लिन असमर्थ मतदाताले नागरिकता वा कुनैपनि मान्यताप्राप्त सरकारी परिचयपत्र लिएर मतदान गर्न पाउने व्यवस्था गरेको छ । यस्तै जिल्लाभर  भोली बिहिबार बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म मतदान हुँदैछ ।
यस्तै अर्घाखाँचीभर मतदातालाई कुनै समस्या परेमा प्रमुख जिल्ला अधिकारी ९८५७००७७७७, प्रहरी नायब उपरीक्षक ९८५७००५५५५,सेना ९८५७०६६४७३,सशस्त्र ९८५१२५९८९४ लाई स्संपर्क गर्न सकिनेछ ।  
सर्बदलिय बैठक
उता जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा आज सर्बदलिय, सर्बपक्षिय बैठक बसेको थियो। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
बैठकले भोलि मंसिर २१ गते बिहीवार हुने निर्वाचनका विविध बिषयमा छलफल गर्नुको साथै निर्वाचन आचारसंहिता पालना, स्वच्छ निस्पक्ष भयरहित रूपमा निर्वाचन सम्पन्न गर्न सबै जिम्मेवार रूपमा लाग्नु पर्ने कुरामा जोड दिएको थियो ।
आज मध्य-रातिबाट सवारी साधन सञ्चालनमा रोक
भोली बिहीवार हुने दोश्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि अर्घाखाँची जिल्लामा  आज मध्य-रातिबाट सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार भोली बिहान ७ बजे मतदान सुरु हुने भएपनि आज मध्य-रातिदेखि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउनेछन् । 
आज मध्य -रातीदेखि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने भएपनि आयोगबाट पास लिएका र अत्यावश्यक सेवाका साधन भने चल्न दिइने प्रशासनले बताएको छ । 
भोली साँझ मतदानपछि पनि मतपेटिका सुरक्षित रूपमा केन्द्रमा पुर्‍याउने सहितका काम बाँकी रहने हुँदा भोली साँझ ७ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 
यस्तै जिल्लाभर  बिहिबार बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म मतदान हुँदैछ ।              
जिल्लाका ९३ मतदानस्थलका एक सय ७४ मतदान केन्द्रमा १३ सय ९९ कर्मचारी खटिएका छन् । 
एउटा मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी र दुईजना सहयोगीसहित आठ जनाको कर्मचारी हुन्छ । मतदान केन्द्र सुरक्षाको लागि तीन घेरामा सुरक्षाकर्मी तैनाथ छन् । 
चुनावी  प्रतिस्पर्दामा उत्रिएका  उम्मेदवारहरुको विवरण :- 
प्रतिनिधि सभा 
(१) टोप बहादुर रायमाझी (माओबादी केन्द्र, बामगठबन्धन)
(२)डा. राम बहादुर बि.सी (नेपाली कांग्रेस )
(३)भोजराज दमासे ( एकीकृत रा. प्र. पा. राष्ट्रवादी)
(४) छन्दबहादुर पन्थी ( नयाँशक्ति पार्टी नेपाल )
(५) बिष्णु प्रसाद मिश्र ( विबेकशिल साझा पार्टी )
(६) बिष्णु कुमार गुरुङ ( मंगोल नेशनल अर्गनाइजेसन )
(७) डिल्लीराज भुसाल ( स्वतन्त्र )
प्रदेश सभा क्षेत्र नम्बर १ 
(१) बिष्णु प्रसाद खनाल ( नेपाली कांग्रेस )
(२) चेतनारायण आचार्य ( नेकपा एमाले )
(३) सागर के. सी ( राष्ट्रिय जनमोर्चा )
(४) गोकर्ण बहादुर थापा क्षेत्री ( नयाँ शक्ति पार्टी )
(५) हरिप्रसाद भुसाल ( बिबेकशिल साझा पार्टी )
प्रदेश सभा क्षेत्र नम्बर-२   
(१) हिम्मत बहादुर टण्डन( नेपाली कांग्रेस )
(२) रामजी प्रसाद घिमिरे ( नेकपा एमाले )
(३) झबिलाल थापा ( राष्ट्रिय जनमोर्चा )
(४) बिना सुनार (नेकपा  माले )
(५) गणेश पौडेल ( नेपाल मजदुर किसान पार्टी )
(६)  टुकमान हिताङ (मनिष सिंह) (नयाँ शक्ति पार्टी नेपाल )

मतदाता संख्या १,३८,३२ जना

अर्घाखाँची जिल्लामा  प्रतिनिधि सभा निर्वाचनका लागी एक लाख ३८ हजार ३ सय २८ जनाले मतदान गर्न पाउँने भएका  छन् ।जिल्लामा महिला मतदाता ७१,३५० र पुरुष मतदाता ६६,९७८ रहेका छन् । जस अनुसार छत्रदेब गाउँपालिकामा २०५०३, मालारानी गाउँपालिकामा २०१६८, पाणिनि गाउँपालिकामा १९६८२, भूमिकास्थान नगरपालिकामा  २२८५६, शितगंगा नगरपालिकामा २७२९९, सम्धिखर्क नगरपालिकामा  २७८२० रहेका छन् । 
एउटा मात्र प्रतिनिधी सभा र दुई वटा प्रदेश सभा रहेको अर्घाखाँचीमा प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ३१ हजार २ सय ९४ जना पुरुष र ३३ हजार ९ सय १० जना महिला गरी जम्मा ६५ हजार २ सय ४ जनाले निर्वाचन क्षेत्र नम्बर एकमा मतदान गर्न पाउँने  छन् । 

प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा ३७ हजार ४ सय ४३ जना महिला र ३५ हजार ६ सयँ ८० जना पुरुष गरी जम्मा ७३ हजार १ सय २३ जना मतदाता रहेका  छन् ।  प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर एकमा भन्दा दुईमा १२ हजार मतदाता बढी रहेका छन् ।

यस पटक जिल्लाभरबाट प्रतिनिधी र प्रदेश सभा सभामा कुल १ लाख ३८ हजार ३ सय २८ मतदातामा ७० प्रतिशत अर्थात ९६ हजार ८ सय २९ भोट् खस्ने अनुमान जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ ।  
जिल्लाका ३ नगरपालिका  र ३ गाउँपालिकामा मतदाता संख्या यस्तो छ:-
सन्धिखर्क नगरपालिकाका १२  वार्डको मतदाता विवरण:-
वार्ड नं १ मतदाता ३०५५
वार्ड नं २ मतदाता २३१२
वार्ड नं३ मतदाता ११६९
वडा नं ४ मतदाता २२०९
वार्ड नं ५ मतदाता २०४४
वार्ड नं ६ मतदाता २६६०
वार्ड नं ७ मतदाता २४६८
वार्ड नं ८ मतदाता २७२५
वार्ड नं ९ मतदाता १९९६
वार्ड नं १० मतदाता २०४३
वार्ड नं ११ मतदाता २५८६
वार्ड नं १२ मतदाता २५५३ 
जम्मा मतदाता संख्या ;२७८२० (सत्ताइस हजार आठसय बीस )
भूमिकास्थान नगरपालिकाका १०  वार्डको मतदाता विवरण:-
 वार्ड नं १ मतदाता २२९०
 वार्ड नं २ मतदाता २००९
 वार्ड नं ३ मतदाता २००८
 वार्ड नं ४ मतदाता२०७२
 वार्ड नं ५ मतदाता १५८६
 वार्ड नं ६ मतदाता २४०५ 
 वार्ड नं ७ मतदाता २८५९
 वार्ड नं ८ मतदाता २२२७ 
 वार्ड नं ९ मतदाता ३०१४ 
 वार्ड नं १० मतदाता २४८६
जम्मा मतदाता संख्या: २२५९६ (बाईस हजार पाँचसय छयानब्बे )
शितगंगा नगरपालिकाका १४  वार्डको मतदाता विवरण:-
 वार्ड नं १ मतदाता १८८६
 वार्ड नं २ मतदाता २७७६
 वार्ड नं ३ मतदाता १९२२ 
 वार्ड नं ४ मतदाता २६४१ 
 वार्ड नं ५ मतदाता २२८५
 वार्ड नं ६ मतदाता २२०४ 
 वार्ड नं ७ मत्दाता १८६६
 वार्ड नं ८ मतदाता १५५४
 वार्ड नं ९ मतदाता १६१६ 
 वार्ड नं १० मतदाता १४४५
 वार्ड नं ११ मतदाता १४८२
 वार्ड नं १२ मतदाता १९२०
 वार्ड नं १३ मतदाता १७२९
 वार्ड नं १४ मतदाता २०७१ 
जम्मा मतदाता संख्या: २७३९८ (सत्ताइस हजार तिनसय अन्ठानब्बे )  

छत्रदेब गाउँपालिकाका ८  वार्डको मतदाता विवरण:-

वार्ड नं  १ मतदाता २५१४
वार्ड नं २ मतदाता  १५२८
वार्ड नं ३ मतदाता २३८२
वार्ड नं ४ मतदाता २७४९
वार्ड नं ५ मतदाता २३१५
वार्ड नं ६ मतदाता २९४४
वार्ड नं ७ मतदाता३३२२
वार्ड नं ८ मतदाता २७४९
जम्मा मतदाता संख्या:- २०५०३(बिस हजार पाँचसय तीन )
मालारानी गाउँपालिकाका ९ वार्डको मतदाता विवरण:- 
वार्ड नं १ मतदाता १५९७
वार्ड नं २ मतदाता १८१०
वार्ड नं ३ मतदाता २८७४
वार्ड नं ४ मतदाता ३२९७
वार्ड नं ५ मतदाता ३४५३
वार्ड नं ६ मतदाता २२३८
वार्ड नं ७ मतदाता १४८६
वार्ड नं ८ मतदाता १५६४
वार्ड नं ९ मतदाता १८४९ 
जम्मा मतदाता संख्या: २०१६८  (बीस हजार एकसय अठसठ्ठी )
पाणिनी गाउँपालिकाका ८ वार्डको मतदाता विवरण:- 

वार्ड नं १ मतदाता २०६४
वार्ड नं २ मतदाता २४४६
वार्ड नं ३ मतदाता २६६६
वार्ड नं ४ मतदाता २२९६ 
वार्ड नं ५ मतदाता ३२३७
वार्ड नं ६ मतदाता १४२७
वार्ड नं ७ मतदाता २८७१
वार्ड नं ८ मतदाता २६७५ 
जम्मा मतदाता संख्या :१९६८२  (उन्नाइस हजार छ सय बयासी )

जिल्लामा निर्वाचन क्षेत्र निर्धारण 
अर्घाखाँची जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । अर्घाखाँची जिल्लामा प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जस अनुसार प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विवरण यसरी निर्धारण गरिएको छ:- 
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा:-
क) सन्धिखर्क नगरपालिकाका ४,५,८,९,१०,११,१२ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका १,२,३,४ नं वार्ड
ग) मालारानी गाउँपालिका
घ) छत्रदेब गाउँपालिका 
अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा:-
क) सन्धिखर्क नगरपालिकाका  १,२,३,६,७ नं वार्ड
ख) भूमिकास्थान नगरपालिकाका ५,६,७,८,९,१०, नं वार्ड
घ) शीतगंगा नगरपालिका
ग) पाणिनी गाउँपालिका
अर्घाखाँची जिल्लाभरका मतदान केन्द्रको विवरण:-
अर्घाखाँचीमा प्रतिनिधि सभाको लागि मतपत्र यस्तो हुनेछ:-  
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नं १ को लागि मतपत्र यस्तो हुनेछ:    
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नं २ को लागि मतपत्र यस्तो हुनेछ:-  
अर्घाखाँचीमा समानुपातिक अन्तरगत प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नं १,२ को लागि मतपत्र यस्तो हुनेछ  
सम्बन्धित समाचार:-

अर्घाखाँचीमा तपाईंको मतदान केन्द्र कहाँ पर्‍यो, मतपत्र यस्तो हुनेछ (सम्पूर्ण विवरण सहित)
http://arghakhanchi.com/index.php?action=news&id=PUFETjJNRE4=

अर्घाखाँचीमा स्थानिय निर्वाचनको परिणाम विवरण

अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट एकीकृत माओवादीका टोपबहादुर रायमाझी विजयी

अर्घाखाँची क्षेत्र नं २ बाट एमालेका डा. दुमन थापा बिजयी

http://arghakhanchi.com/index.php?action=news&id=PWd6TTNNRE4=

अर्घाखाँचीमा साना दलका सबै उम्मेदवारको धरौटी जफत हुने (धरौटी जफत हुने दलको सम्पूर्ण विवरण, निर्वाचन तालिका सहित)
http://arghakhanchi.com/index.php?action=news&id=PVFUTzFNRE4=

अर्घाखाँचीमा बाम गठबन्धन एमाले – माओवादी केन्द्रका उम्मेदवारहरुले चुनाव जित्नलाई चाहिने भन्दा बढी झुटा भ्रम सृजना गर्दै | टोप बहादुर रायमाझीले काम केही गरेनन् गफ धेरै गरे
http://arghakhanchi.com/index.php?action=news&id=PVFUTjFNRE4=