निर्वाचनको पुर्व सन्ध्यामा अर्घाखाँचीका अर्घातोष – भगवतीमा बम बिष्फोट, मतदाता त्रसित

दिपेन्द्र श्रेष्ठ
अर्घातोष, अर्घाखाँची मङ्सिर २०   (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकाको अर्घातोष – भगवतीको आसपासमा भोली बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पुर्व सन्ध्यामा बम बिष्फोट भएको छ । प्रहरी उक्त क्षेत्रमा परिचालन भईसकेको छ ।  
साँझ ८ बजेर २८ मिनेट जाँदा एक्कासी बम बिष्फोटको घटना भएपछि स्थानीय त्रसित बनेका छन् |  बिष्फोटको ठुलो आवाज सुनेपछि स्थानीयहरू निकै असुरक्षित महसुस गरेका छन् । 
केहि दिन यता छत्रदेब गाउँपालिका सबै ठाउँहरुमा सुरक्षा व्यवस्ठा मझबुद बनाइएता पनि आज चुनावको पुर्व सन्ध्यामा एक्कासी बम बिष्फोट हो । 
प्रहरी टोलीलाई गस्तिमै खटाइएको छ, बिष्फोट कहाँ र कसले गरायो भन्ने बिषयमा अनुसन्धान भैईरहेको र केहि मानबिय तथा भौतिक क्षती भए नभएको कतैबाट जनाकारी नआएको भन्दै अर्घातोष प्रहरी चौकीका इन्चार्ज (असई) जित बहादुर घर्तीले अर्घाखाँचीडट्कमलाई जानाकारी दिएका छन् ।
यस अगाडि चुनावका बेला आक्रमण हुन सक्ने खतराप्रति संवेदनशीलता अपनाउँदै नेपाल कम्युनिस्ट पार्टीका (विप्लप) दर्जन बढी नेता तथा कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको छ । 
उता मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले भोली बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले पूर्णसुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न पनि मतदातालाई अपिल गरेको छ ।
यस्तै, अपांगता, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिइ मतदान गर्न पाउने व्यवस्था गरेको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदाता परिचयपत्र लिन असमर्थ मतदाताले नागरिकता वा कुनैपनि मान्यताप्राप्त सरकारी परिचयपत्र लिएर मतदान गर्न पाउने व्यवस्था गरेको छ । यस्तै जिल्लाभर  भोली बिहिबार बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म मतदान हुँदैछ ।
यस्तै अर्घाखाँचीभर मतदातालाई कुनै समस्या परेमा प्रमुख जिल्ला अधिकारी ९८५७००७७७७, प्रहरी नायब उपरीक्षक ९८५७००५५५५,सेना ९८५७०६६४७३,सशस्त्र ९८५१२५९८९४ लाई स्संपर्क गर्न सकिनेछ ।
मुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार जिल्लाको सम्पुर्ण स्थानमा शान्ती सुरक्षाको अबस्था चुस्त दुरुस्त भएको र कसैलाई केहि अप्ठ्यारो परेमा १५ मिनेटमा सुरक्षाकर्मिको टोली आइपुग्ने बताएका छन् ।   
आज मध्य-रातिबाट सवारी साधन सञ्चालनमा रोक
भोली बिहीवार हुने दोश्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि अर्घाखाँची जिल्लामा  आज मध्य-रातिबाट सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार भोली बिहान ७ बजे मतदान सुरु हुने भएपनि आज मध्य-रातिदेखि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउनेछन् । 
आज मध्य -रातीदेखि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने भएपनि आयोगबाट पास लिएका र अत्यावश्यक सेवाका साधन भने चल्न दिइने प्रशासनले बताएको छ । 
भोली साँझ मतदानपछि पनि मतपेटिका सुरक्षित रूपमा केन्द्रमा पुर्‍याउने सहितका काम बाँकी रहने हुँदा भोली साँझ ७ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 
यस्तै जिल्लाभर  बिहिबार बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म मतदान हुँदैछ ।              
जिल्लाका ९३ मतदानस्थलका एक सय ७४ मतदान केन्द्रमा १३ सय ९९ कर्मचारी खटिएका छन् । 
एउटा मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी र दुईजना सहयोगीसहित आठ जनाको कर्मचारी हुन्छ । मतदान केन्द्र सुरक्षाको लागि तीन घेरामा सुरक्षाकर्मी तैनाथ छन् ।