अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ५ वाङला स्थित मथुरा मावि केन्द्रमा निर्बाचन स्थगित भएको छ । मथुरा मावि केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले मतपेटिका फालेका छन् । मतदान भइरहेको मतपेटिका कब्जा गरी कांग्रेस कार्यकर्ताले मतपत्रमा आगजनी गरेर नष्ट गरेका छन् ।
मतपेटिका फालिएपछि यहाँको मतदान स्थगित भएको छ । मतदानमा खटिएका सुरक्षाकर्मी मतपेटिकामा आगजनी हुँदा समेत रमिते बनेको बाम गठबन्धनले आरोप लगाएको छ। २५ वटा मत पत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको पाइएको थियो । जसले गर्दा विवाद उत्पन्न भएको हो । मतदान अधिकृत सुरेन्द्र राज अधिकारीले भुलबस हस्ताक्षर नगरेको मतपत्र मतदातालाई दिएको स्विकार गरेका छन् ।
मतपत्रमा हस्ताक्षर नगरेको भए जानकारी गराउन दलका प्रतिनिधिलाई भनेपनी त्यसो नगरी मतपेटिका नै फालि आगजनी भएको अधिकारीले बताए । नेपाली काङ्ग्रेसका कार्यकताले बुथ कब्जा गरि मतपेटिका फालेर मतपत्रमा आगजनी गरेको बाम गठबन्धनले आरोप लगाएको छ । कांग्रेसले भने मतदान अधिकृतले नियोजित रुपमा मतपत्रमा हस्ताक्षर नगरेको आरोप लगाएको छ ।
पुनः मतदान सुरु गराउने
उक्त मतदान केन्द्रमा स्थगित भएको मतदान सञ्चालन गर्ने विषयमा सर्वपक्षीय बैठक बसेको छ।
मतदान पुन सुचारु गराउने वा स्थगित गर्ने भन्नेबारे निर्णय भएको छैन। करिब ८ सय मत खसिसकेपछि कांग्रेस कार्यकर्ताहरुले मतपत्र च्यातेका हुन्।