अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर १,२ को मतगणना जारी (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सदरमुकाम सन्धिखर्कको टुडिखेल स्थित सभाहलमा कडा सुरक्षाका साथ जारी छ । 
प्रदेशसभा निर्वाचनको मतगणना शुरु भएको छ । प्रतिनिधी सभाका आधा मत गनेर सकिन लाग्दा प्रदेशसभाको मतगणना शुरु भएको हो ।    प्रदेश सभाको मतगणनाको शुरुवात क्षेत्र नं. १ को चिदिका र २ को अड्गुरीबाट हुने भएको छ । 
प्रतिनिधी सभाको मतगणना हिजो मध्यरात ११:४५ बजे देखि जारी छ । साँझ ७ बजे सम्म टोप बहादुर रायमाझीले राम बहादुर बिसी भन्दा  ७,२२१  मतले अग्रता लिएका छन् । 
मत गणना स्थललाई तारले घेरीएको छ, भने राजनैतिक दलका प्रतिनिधीहरुलाई तार बाहिर बाट हेर्ने तथा बस्ने व्यबस्था मिलाईएको छ । उक्त स्थलमा सुरक्षा व्यबस्था कडा पार्दै सीसी क्यामराबाट समेत निगरानी राखिएको छ ।   
गत मंसिर २१ गते जिल्लाका ९२ वटा मतदान केन्द्र निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । तर सन्धिखर्क नगरपालिका वडा नम्बर ५ वाङ्ला मथुरा निम्न माध्यमिक विद्यालय नेटा मतदान स्थलका (क) र (ख) गरी दुईवटा मतदान केन्द्रको स्थगित भएको हुँदा हिजो मंसिर २३ गते शनिबार पुन: निर्वाचन गराइएको थियो ।
अर्घाखाँची जिल्लाका ९३ वटा मतदान केन्द्रमा सम्पन्न निर्वाचनमा कुल मतदाता संख्या १,३८,३२८ (७१,३५० महिला, ६६,९७८ पुरुष) मा ८९,१०६ मत खसेको छ ।
तस्बिर: घनश्याम पौडेलबाट 
प्रतिनिधी सभाको मतगणना
चुनावी  प्रतिस्पर्दामा उत्रिएका  उम्मेदवारहरुको विवरण :-
प्रतिनिधि सभा
(१) टोप बहादुर रायमाझी (माओबादी केन्द्र, बामगठबन्धन)
(२)डा. राम बहादुर बि.सी (नेपाली कांग्रेस )
(३)भोजराज दमासे ( एकीकृत रा. प्र. पा. राष्ट्रवादी)
(४) छन्दबहादुर पन्थी ( नयाँशक्ति पार्टी नेपाल )
(५) बिष्णु प्रसाद मिश्र ( विबेकशिल साझा पार्टी )
(६) बिष्णु कुमार गुरुङ ( मंगोल नेशनल अर्गनाइजेसन )
(७) डिल्लीराज भुसाल ( स्वतन्त्र )
प्रदेश सभा क्षेत्र नम्बर १
(१) बिष्णु प्रसाद खनाल ( नेपाली कांग्रेस )
(२) चेतनारायण आचार्य ( नेकपा एमाले )
(३) गोकर्ण बहादुर थापा क्षेत्री ( नयाँ शक्ति पार्टी )
(४) हरिप्रसाद भुसाल ( बिबेकशिल साझा पार्टी )
प्रदेश सभा क्षेत्र नम्बर-२
(१) हिम्मत बहादुर टण्डन( नेपाली कांग्रेस )
(२) रामजी प्रसाद घिमिरे ( नेकपा एमाले )
(३) बिना सुनार (नेकपा  माले )
(४) गणेश पौडेल ( नेपाल मजदुर किसान पार्टी )
(५) टुकमान हिताङ (मनिष सिंह) (नयाँ शक्ति पार्टी नेपाल )