अर्घाखाँचीडट्कम संवाददाता
न्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सदरमुकाम सन्धिखर्कको टुडिखेल स्थित सभाहलमा कडा सुरक्षाका साथ जारी छ । यस्तै बाम गठबन्धन प्रतिनिधि सभा उम्मेद्वार टोप बहादुर रायमाझीले चुनाव जीत पुगेका छन् ।
बिहान १०:३० बजे सम्मको मत गणना परिणाम अनुसार – माओबादी केन्द्र, बामगठबन्धन- ३६५६९ – नेपाली कांग्रेस – २४८४१ – एकीकृत रा. प्र. पा. राष्ट्रवादी- १३२ – नयाँशक्ति पार्टी नेपाल – ४७४ – विबेकशिल साझा पार्टी – ३४१ -मंगोल नेशनल अर्गनाइजेसन – १०९ – डिल्लीराज भुसाल ( स्वतन्त्र ) – १०२ – बदर – २५४३ रहेको छ ।
टोप बहादुर रायमाझीले डा . रामबहादुर बिसी भन्दा ११,७२८ मतले अग्रता लिएका छन् ।
साथै बाम गठबन्धनले टोप बहादुर रायमाझीले चुनाव जित्ने निश्चित भएसँगै विजयी जुलुश मनाउन तयारी गरेका छन् । टोप बहादुर रायमाझी मत गणनास्थलमा पुगिसकेका छन् ।