दक्षिण कोरियाको मुख्य सहर मध्येमा पर्ने जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ ।
राजधानी सोलदेखि झन्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने जोसेन सहरमा रहेको आठ तले भवनमा आगलागी हुँदा कम्तिमा २९ जनाको मृत्यु र्भको हो ।
आगलागी भएको भवनमा ब्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सन्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सन्चारमाध्यमहरूले लेखेका छन् ।
मृत्यु भएकामध्ये सबैजना भवनको दोस्रो तलामा रहेकोे अधिकारीहरुले बताएका छन् । उनीहरु सबैजना घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए । आगलागीमा परी अन्य २६ जना घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
धुवाँले निसास्सिएकै अवस्थामा उनीहरुलाई अस्पताल पर्याइएको हो । घाइतेहरुको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् ।
स्थानीय समयअनुसार दिउसो ३.५३ बजे आगलागी सुरु भएको थियो । आगलागी भएलगत्तै ५० ओटा अग्नी नियन्त्रक यन्त्र, ६० जना अग्नी नियन्त्रक र हेलिकोप्टर आगलागी नियन्त्रण गर्न र पिडितहरुलाई उद्धार गर्न खटाइएको थियो ।
उनीहरुले बेलुका ५.४० मा मात्रै आगो नियन्त्रणमा लिन सकेका थिए । अहिले पनि उद्धारकर्ताहरुले जलेको भवन भित्र अरु पनि कोही जलेको वा जिवितै हुनसक्ने आशंकासहित खोजी गरिरहेका छन् ।
उद्धारकर्ताहरुले भवन भित्र जिवितै रहेको भेट्ने सम्भावना निकै कम रहेको र थप मृतकहरु भने भेटीन सक्ने अनुमान गरेका छन् । (रासस/सिन्ह्वा)