प्रेम खड्का
सुवर्णखाल, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं १ सुवर्णखाल हेल्थपाेष्टमा वार्ड स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिकाे अायाेजना पुर्ण सरसफाइ,यससँग अन्तरसम्बन्धित बिषयहरू र महिनावारी हुँदाको सरसफाइ व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।
प्रकाश सचेतन समुहकाे सहजीकरण तथा ग्लाेबल सेनिटेसन फण्ड/ यु एन हेविटाटकाे सहयाेगमा अाज सञ्चालन भएकाे पुर्ण सरसफाइ,यससँग अन्तरसम्बन्धित बिषयहरू र महिनावारी हुँदाको सरसफाइ व्यवस्थापन सम्बन्धि तालिमका ३७ जना महिला तथा किशोरी सहभागीहरूले सन २०२० सम्ममा अाफ्नाे वडालाई पुर्ण सरसफाइ उन्मुख क्षेत्र घाेषणा गर्ने लक्ष्य हाशिल गर्न अात्मालाई साखी मन,वचन र कर्मले अभियानमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
साथै उनिहरूले महिनावारीकाे सम्बन्धमा खुलेर कुरा गर्ने, गर्व गर्ने र सचेतना फैलाउने सपथ लिएका छन् ।
वडा अध्यक्ष एवं वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष बुद्धिकृष्ण पाैडेलकाे अध्यक्षतामा सञ्चालन भएकाे उक्त तालिमको सहजीकरण युएन हेविटाटका जिल्ला संयाेजक बिष्णु दवाडी र हेपाे ईन्चार्ज बिष्णु बस्नेतले गर्नु भएकाे थियो ।
तालिममा W-WASH-CC का सदस्य बिष्णु बस्नेतले स्वागत मन्तब्य र प्रागका वास अफिसर श्यामसुन्दर ढुंगाना र पुर्ण सरसफाइ सहजकर्ता रिता खनालले क्रमशः उद्घाटन र समापन कार्यक्रम सञ्चालन गर्नु भएको थियाे ।
तालिममा अध्यक्ष बुद्धिकृष्ण पाैडेलले पुर्ण सरसफाइ अभियानमा सबै लाग्नु पर्ने अावश्यकतामा जाेड दिदै सहयाेग र सहजीकरण गर्ने निकायहरूलाई धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।
तालिममा पुर्ण सरसफाइका सुचकहरू, हात धुने, महिवारी स्वच्छता लगायतका बिषयहरूमा प्रस्तुतीकरण, भिडियाे प्रदर्शन, प्रयाेगात्मक अभ्यास, छलफल अादि गरिएकाे थियाे । वडाका सबै महिला स्वास्थ्य स्वयंसेवकहरू, महिला सहकारी, महिला शिक्षक, स्वस्थ अामा समूह र किशोरी छात्राहरूकाे सकृय सहभागिता रहेकाे थियाे । तालिम ११ बजे शुरू भई ४:३० बजे सकिएकाे थियाे ।