अर्घाखाँचीमा म्यादी प्रहरीहरुलाई विदाई (तस्बिर सहित)

प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा  प्रतिनिधि सभा र प्रदेश सभाका लागि भर्ना गरिएका म्यादी प्रहरीहरुलाई शुक्रबार विदाई गरिएको छ ।
जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाई गरेको हो ।
विदाई कार्यक्रममा प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले म्यादी प्रहरीहरुलाई प्रशंसा-पत्र वितरण गरेका थिए ।
अर्घाखाँचीमा चुनाव सम्पन्न गर्न ५५ दिनको लागि ८५३ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।
सरकारले म्यादी प्रहरीलाई प्रहरी जवानसरह मासिक १७ हजार दुई सय ३० रुपैयाँका दरले ५५ दिनको पारिश्रमिक, रासन र स्थानीय भत्ता दिएको थियो ।   यस्तै, निर्वाचनको वेला सात दिनका लागि दैनिक पाँच सय रुपैयाँ विशेष भत्ता र खानारखाजा खर्च उपलब्ध गराएको थियो ।
सरकारले हरेक म्यादी प्रहरीलाई पोसाक भत्ताको रूपमा चार हजार र निर्वाचनमा खटिने ठाउँमा जाने र फर्कने बाटो खर्चको रूपमा थप एक हजार रुपैयाँ बाटोखर्चसमेत दिने पनि दिएको थियो ।