अर्घाखाँची पोखरा सम्पर्क समाजको सम्मान कार्यक्रम सम्पन्न, मुलुक आर्थिक क्रान्तिमा होमिएको रायमाझी भनाई (तस्बिर सहित)

शोभाखर पन्थी
पोखरा पौष ७ । नेकपा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले मुलुक आर्थिक क्रान्तिमा होमिएको बताउनु भएको छ । 
अर्घाखाँची पोखरा सम्पर्क समाज द्वारा आज पोखरामा अयोजित सम्मान कार्यक्रममा मन्तव्य राख्दै उहाँले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पछि मुलुकमा आर्थिक क्रान्तिको सुरुवात भएको बताउनु भयो । 
नेपाली जनताको त्याग र वलिदानबाट मुलुकमा राजनितीक परिवर्तन भएपनि जनताको जीवन स्तरमा कुनै सुधार आउन नसकेको प्रति चिन्ता प्रकट गर्दै रायमाझीले स्थायी सरकारको निर्माण सँगै पुर्वाधरको विकास गरि जनताको जीवन स्तर माथी उठाउने बताउनु भयो । नेपाल प्राकृतिक श्रोत र साधनले सम्पन्न हुँदा हुँदै पनि  नेपाली जनताले गरिवीको मार खेप्नु परेको भन्दै उहाँले प्राकृतिक साधन र श्रोतको समुचित प्रयोग गर्दै केहि वर्ष मै नेपाललाई  विकसित राष्ट्रको दाँजोमा पु¥याउने बताउनु भयो ।  हालै सम्पन्न निर्वाचनले  वाम एकताको सन्देशलाई अझ वलियो बनाएको भन्दै रायमाझीले पार्टी एकताको लागि उच्च स्तरमा निर्णायक छलफल अघि वढेको बताउनु भयो ।
 कार्यक्रममा मन्तव्य राख्दै अर्घाखाँची जिल्ला प्रदेश सभा क्षेत्र नंं.१ का सांसद चेतनारायण आचार्यले अर्घाखाँचीको विकासका लागि पोखरामा वस्ने जिल्ला वासीलाई सहयोगका लागि आव्हान गर्नु भयो । हामी काम विशेषले जुन सुकै ठाउँमा वसे पनि जिल्लाको उन्नती र प्रगतिलाई सधै प्रमुख प्राथमिकतामा राखेर अघि वढ्नुपर्ने भन्दै उहाँले पोखरा आउने पर्यटकलाई अर्घाखाँची सम्म आउने वातवरण बनाउन  आग्रह गर्नु भयो । पोखरा, गल्याङ्ग, सन्धिखर्क ,सुर्खेत सडक निर्माणको कामले तिव्रता पाएको भन्दै, उहाँले यो सडक निर्माण सँगै पोखरा आउने पर्यकहरु अर्घाखाँचीको सुपा देउराली, पाणिनी तपोभूभि, छत्रेश्वर, नृसिंहस्थान, डमरुदह, वल्कोट पौवा ,अर्घा दरवार लगायतका ठाउँमा पुग्न पाउने बताउनु भयो ।  
कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभा क्षेत्र नं. २ का सांसद राम जी प्रसाद घिमिरेले  अर्घाखाँचीमा पर्यटन उद्योगको बलियो संभावना रहेको भन्दै पर्यटनका क्षेत्रमा अर्घाखाँची र पोखरा बीच पुलको काम गर्न व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।  जिल्लामा पर्यटनको प्रर्याप्त संभावना हुँदा हुदै पनि प्रचार प्रसारको अभावमा जिल्ला ओझेलमा परेको भन्दै उहाँले सहयोगका लागि सबै पक्षको खाँचो औल्याउनु भयो । 
अर्घाखाँची पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्ण पाण्डेको अध्यक्षता र महासचिव लिलबहादुर वि.सी.को सञ्चालनमा सम्पन्न कार्यक्रममा सम्पर्क समाजका सल्लाहकार  पोमनारायण पाण्डे, राम प्रसाद खनाल, ज्ञानहरि आचार्य, सम्पर्क समाजका  प्रथम उपाध्यक्ष चेतनारायण पाण्डे, पाल्पा पोखरा सम्पर्क समाजका अध्यक्ष वावुराम खनाल लगायतले मन्तव्य राख्दै समृद्ध अर्घाखाँची निर्माणका लागि सबै पक्ष एक जुट भएर अँगाडी वढ्ने बताउनु भएको थियो ।