सन्धिखर्क नगरका खोला क्षेत्रमा सरसफाइ अभियान संचालन, अब देखि फोहोर फाल्नेलाई ५ हजारसम्म जरिवाना गरिने (भिडियो,तस्बिर सहित)

प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । “हाम्रो सन्धिखर्क नगरपालिका शहरलाई राम्रो सफा स्वच्छ शहर बनाओ” बागी खोला, घोचे खोला र भद्रीखोला क्ष्त्रमा फोहोर आफु पनि नफालौ, अरुलाई पनि फाल्न नदेउ भन्ने आव्हान गर्दै आज व् हत सरसफाइ अभियान संचालन गरिएको छ ।
सन्धिखर्क नगरपालिका १ चुत्राबेशी पेट्रोल पम्पमा भेला भएर सरसफाई अभियान शुरु भएको थियो । सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालबाट शुभारम्भ मन्तव्य पछि सहभागीताहरुले तीन भागमा विभाजित भई बागी खोला, भ्रद्री खोला र घोचे खोला क्षेत्रमा सरसफाइ गरी फोहोर संकलन टिपरमा हालेर पठाइएको थियो ।
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री, युएन ह्याविटेटका जिल्ला संयोजक बिष्णु दवाणीले सरसफाइ अभियानमा उपस्थित बजारबासीलाई सरसफाईमा लग्न आव्हान गर्दै आफ्न भनाई राखेका थिए ।
सन्धिखर्क नगरपालिकाको आयोजनामा प्रकाश सचेतना समुह ( प्राग) को सहजीकरणमा ग्लोबल सानिटेशन फण्ड, युएन ह्याविटाटको सहयोगमा सम्पन्न ससफाई अभियानमा सन्धिखर्क नगरपालिका, वार्ड कार्यालय, विभिन्न सरकारी कार्यालय तथा गैर सरकारी संस्थाहरु, पत्रकार, सुरक्षाकर्मी, साना शहरी खानेपानी तथा सरसफाई मुल संस्था, बजार व्यवस्थापन समिती, यातायात व्यवसायी, होटेल व्यवसायी र सर्वसाधारण बजारबासी गरी करिव २०० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रम समापन गर्दै सहायक प्रजिअ नारायण खत्रीले युवा पुस्ताले समाजको बिकासमा महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा र निरन्तर सरसफाईमा लाग्नु पर्नेमा जोड दिएका थिए ।
प्रमुख कमल प्रसाद भुसालले ठाउँ ठाउँमा सिसी क्यामरा जडान गरेर भएपनि सन्धिखर्क नगरलाई सफा स्वास्थ सुन्दर शहर बनाइने बताए ।   उपप्रमुख ठाकुर विकले नेपाल सरकारले तोके वमोजिम जथाभावी फोहोर फाल्नेलाई ५०० देखि ५ हजारसम्म रुपैया जरिवाना गरिने बताए ।