युनिटी अफ अर्घाखाँचीद्धारा बुटवलको बाल कल्याण गृहलाई शैक्षिक सामाग्री तथा बलाङ्केट सहयोग

बिकास पन्थी 
बुटवल पुष -८ । देश बिकासका लागि एकता भन्ने मुल मान्यताका साथ अर्घाखाँचीमा जन्म भै बुटवलमा  अध्ययन गर्न  बसेका  युवायुवतीद्वारा  भर्खरै स्थापन  गरिएको ” युनिटी अफ अर्घाखाँची ” भन्ने  क्लबद्वारा  अनाथ बालबालिकाहरुलाई श्री अमृत अधिकारीको अध्यक्षतामा सहयोग  कार्यक्रम  सप्पन्न भएको छ । 
 क्लबले बुटवल  जितगढीमा अवस्थित “बाल कल्याण गृह” का १७ जना अनाथ बालबालिकालाई कपडा, बलाङ्केट तथा पठनपाठनका कापी कलम र क्याल्कुलेटर सहयोग  गरेको हो । 
कार्यक्रम सन्चालक सचिब नमुना न्यौपानेको सहायतामा १७जना अनाथ बालबालिकालाई सहयोग  स्वरुप  जाडो महिनालाई लक्षित पारी  बलाङ्केट,  पठनपाठनलाई आवश्यक  कापी कलम र क्याल्कुलेटर, जोमेटिबक्स उपलब्ध गराईएको छ ।।यस कार्यक्रममा उपस्थिति सम्पुर्ण  क्लबका सदस्य बबिता न्यौपाने ,अम्बिका पोख्रेल,मन्जु अर्याल,अपुर्भा खनाल,बिबेक अर्याल,बुद्धि खड्का ,बिकास पौडेल ,प्रकाश् भाटको सहयोगले कार्यक्रम सजीलै सम्पन भएको सलाहकार आबिस्कर घिमिरेले बताउनु हुन्छ ।
यसैगरि सदस्यहरु थप गरि आफू जहाँ रहिन्छ त्यहीँ केही सकारात्मक कार्यहरु गरौँ भन्ने सल्लाह गरे । जिल्लाका सम्पुर्ण युवाहरु समेटी जिल्लालाई केही माथी उठाऔँ, अहिलेका युवा पनि आफ्नो स्वार्थमा तल्लिन रहेमा हाम्रो समाजलाई कसले निर्माण गर्छ र ? भन्दै एउटा दोश्रो परिवार बनेर स्थापना गरिएको यस युनिटी अफ अर्घाखाँची  संस्थाका अध्यक्ष अमृत  अधिकारि, उपाध्यक्ष बबिता न्यौपाने  लगायत धेरै सदस्यहरुले अध्ययनको सिलसिलामा जिल्ला बाहिर रहने हुँदा आफू बसोबास गरिरहेको क्षेत्रमा पनि केही सकारात्मक परिवर्तन ल्याउँ भन्ने उद्धेश्य राखी देशका विभिन्न ठाउँमा सामाजिक कार्य गर्ने पनि बताए ।