वाङ्ला सम्पर्क समाज रुपन्देहीको वनभोज कार्यक्रम सम्पन्न

कृष्ण खनाल
रुपन्देही,  बुटवल, ८ पुस । वाङ्ला सम्पर्क समाज रुपन्देहीले शनिबार वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
शंकरनगर बनबाटिकामा सम्पन्न भएको कार्यक्रममा अर्घाखाँची जिल्लाको साविक वाङ्गला गाबिसबाट रुपन्देहीको बिभिन्न स्थानमा अस्थायी-स्थायी रुपमा बसोबास गर्दै आईरहेका २ सय भन्दा बढि ब्यक्तिहरुको उपस्थीति रहेको थिए ।
कार्यक्रममा समाजका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले कर्मभूमि रुपन्देही भए पनि जन्म भूमिको मायाले आफुहरु सदा एक भएर बस्न पाएको बताए । कार्यक्रममा बोल्दे कार्यक्रम संयोजक भानुभक्त भुसालले उपस्थीतलाई धन्यबाद दिएका थिए । 
कार्यक्रमको  सञ्चालन सचिव प्रकाश खनालले गरेका थिए ।