अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सबैका लागि दिगो तथा सबलिकृत समाजको रुपान्तरण, अपांगता ब्यबस्थापन रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठी शुरुभएको छ ।
२ दिने कार्यशाला गोष्ठीमा प्रमुख अतिथि सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, उप प्रमुख ठाकुर कुमार बि. क, स्थानीय बिकास अधिकारी हरिनारायण बेल्बासे, पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री लगायतको उपस्थिती रहेको थियो ।
कार्यशाला गोष्ठी पौष ९ र १० सम्म चल्ने छ ।