पणेनाको सिम्ले सुन्तला खेतीका लागि अर्घाखाँचीकै नमुना


प्रेमनारायण आचार्य
पणेना, अर्घाखाँची । भारतीय पल्टनको जागिर छाडेर स्वदेश फर्किएका पणेना सिम्लेका ७३ वर्षीय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै नमुना सुन्तला किसान बनेका छन् । २०२७ सालमा भारतमा जागिर गर्दै गर्दा भारतीयले नेपालीप्रति गरेको दुव्र्यवहार सहन नसकी जागिर छाडेका उनले नेपाली माटोमा केही गरेर देखाउन सक्छु भन्ने संकल्पका साथ सुन्तला खेती सुरु गरेका हुन् ।
उनले आफू मात्र सुन्तला लगाएनन्, गाउँलेहरूलाई पनि यसको खेतीतर्फ प्रेरित गरे । अभियानका साथ आफैं डोकोमा बोकेर घरघर सुन्तलाका बिरुवा पुर्‍याए । पैसा हुनेलाई बिरुवा पैसोमा बेचे । नहुनेसँग श्रम साटे । कसैसँग अन्न, डोकानाम्ला र दाउरा लिएरै भए पनि सुन्तलाका बिरुवा घरघरमा लगाउन अनुरोध गरे । कसैकसैलाई निःशुल्क बिरुवा दिएर पनि सुन्तला खेती गर्न प्रेरित गरे ।
सुन्तला खेतीबाट आफूले वार्षिक ५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको उनले बताए । अहिले सुन्तला राम्रो फलेकाले ६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनको भनाइ छ । उनको सुन्तला बगंैचामा अहिले झन्डै साढे ५ सय सुन्तलाका बिरुवा छन् । बारी, खेत, खर्क सबैमा सुन्तला खेती गरेका छन् ।