दिपक भुसालले लेखे आमालाई पीडा दायक पत्र ।

विक्रम संवत २०४८ साल पुस १४ गतेको दिन मेरी प्यारी आमाको कोखबाट यो धर्तिमा जन्म लिई आज २६ बर्ष पारगरि २७ बर्ष पुग्दै गर्दा यो समयवधीभर तपाईहरुको मनमा कति खुसि दिनसके वा सकिन मलाई थाह छैन ।

 आमाबुवा जुन दिन म तपाई हरुको काँखबाट दुई दिदि र दुइ दाजुहरु पछि कान्छो छोराको रुपमा यस धर्तिमा पहिला टेक्दैगर्दा मेरो लागी मेरो आमाले कति पीडा पाउनु भयो भन्ने कुरा शव्दमा व्याक्त गर्न सक्दैन । म यो धर्तिमा पाईला टेक्दैगर्दा म प्रति मेरो हजुरआमा,बाबा,दाजु र दिदि हरुले जुन सपना देख्नु भएको थियो सायद त्यो सपना अहिले सम्म पुरा गर्न सकेको छैन । मलाई हुर्काउनको लागी तपाईहरु कति दुख कष्ट सहदै सहनु त्यो पीडा प्रति म सदैव ऋणी छु ।

मलाई थाहा छ आमा हिजोको दिन तपाई बिरामी भएर बिस्तारामा मुर्छिदै गर्दा हाम्रो दिदि भिनाजु मामा घर र साना बुवा ठुला बुवा दादा दिदि हरु र छिमेकि तो समाजले को ठुलो सहयोग बाट तपाइ लाइ बचाउन सफल भएका थियौ र त आज सम्म तपाई लाई आमा भन्न पाएका छौ थाहा छ । 
आमा तपाइले हाम्रो लागी हिजो बिहान आफ्नै दाजुभाई र साहुबाट त्यो घर छोडन दबाव आउदा पनि मलाइ काखि चापेर सक्छौ भने यहाँ बाट उठाएर देखाओ भन्दै छाति पिटेको समाजसामु ईतिहास साक्षी छ ।आमा तिम्रो त्यहि साहास र हौसलाले गर्दा त आजसम्म मलाई पनि अन्याय र अत्याचारको विरुद्ध वोल्न सक्ने आट मलाई पनि आएको छ ।
आमा आज व्यवसायिक रुपमा म जुन ठाउमा छु त्यो ठाँउमा आउन मेरी दुई दिदि सारदा र रोमा अनि दाजुहरु नारायण र रमेशको ठुलो सहयोग छ । त्यसैगरि आमा म हिजो बिहानको सामान्य किसान परिवारमा जन्मेर आज एउटा व्यापारी मात्र हैन राष्ट्रको चौथों अंग पत्रकारको रुपमा परिचित भएको छु । मलाई व्यवसायमा मोडेर व्यापारी वन्नतर्फ प्रेरित गर्ने मेरो आदरणीय भिनाजुहरुको त्यो योगदानलाई कहिले भुल्न सक्दैन ।
यस्तै युवावर्गले नै समाज परिवर्तन गर्न सक्छ युवाको मौनता नै समाज र राष्ट्रीयताको औचित्य सखाप पारेर आफ्नो हैकमवाद लाग्नेहरुको लागी ठुलो साहारा हो । आफ्नो वा अरुको अन्याय र असमानता सहनु हुदैन जनतालाई जस्ताको यस्तै देखाईदिनु पर्छ अन्याय गर्ने भन्दा अन्याय सहने वढी अपराधी हो भन्ने मुल सिद्धान्तमा युवावर्गलाई मार्ग देखाउदै अन्याय र असमानता विरुद्ध लड्ने पिएसएम नेपालको विचारलाई अनुसरण गर्दै म सामाजिक क्षेत्रमा प्रवेश भएको हुँ । म तत्कालिन समयमा अर्घाखाँची टाईम्सका प्रकाशन तथा प्रधान संपादक नविन केसीको सहयोगमा म पत्रकारिता क्षेत्रमा प्रवेश गरेको हुँ । आज म नेपालकै सवैभन्दा पुरानो अनलाईन अर्घाखाँची डटकममा कार्यरत छु
मैले स्वतन्त्र पत्रकारिता गर्दैगर्दा मेरो मनले राजनितिक नेतृत्व मार्फ़त सामाजिक कार्यमा केहि गर्नु पर्छ भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो स्थानीय तह निर्वाचनमा मेरै वडा सन्धिखर्क नगरपालीका वडा न ५ को प्रमुख पदको लागी स्वतन्त्र रुपमा उमेदवारी दिने मानसिकतामा थिए तर पनि वाध्यतावंस आम जनताको चहाना हुदा हुदै पनि मेरो वुवाको अनुरोध र उहाको सक्रिय राजनितीलाई सम्मान गर्दै नेपाली कांग्रेस अर्घाखाँचीले गरेको आग्रलाई स्वीकार गरी महत्वपूर्ण १२ वुदे संझौता सहित म आफ्नो उमेदवारी नदिने निर्णयमा पुगेको हुँ ।
म जस्तै युवालाई मैदानमा आएकै कारण तत्कालिन समयमा त्यस क्षेत्रमा कांग्रेसका उमेदवारलाई जिताउन सफल भयौ । जव १२ वुदे विकासे सहमति गराएर जसरी म पछि हटेको थिए । सहमति गरिएको लामों समय सम्म पनि सहमति भएको एक ओटावुदाको पनि उक्त पक्षवाट कुनै कार्यनयन नभए पछि प्रनिनिधी सभा निर्वाचनमा वाम गठबन्धनलाइ सपोर्ट गर्न वाध्य भएको हुँ र यसैगरि जिताउन पनि सफल भयौ । 
आमा यस्तै यस्तै उतारचडाबको बिच तपाई हरुलाई समय र खुसि दिन सकेको छैन । म आज समाजको विकासमा खुसी हुन सुरु गरेको छु । तर पनि मैले धेरै गर्न वाँकि नै छ मेरा सवै सुभ चिन्तक प्रति आभारी छु धन्यवाद ।
तपाईको छोरा दिपक भूसाल 
काठमाण्डौ