नबिन के.सी
जलुके, अर्घाखाँची । जिल्लाको बिकट क्षेत्र सितगंगा नगरपालिका वडा नम्वर ७ जलुकेलाई सहकारीको माध्यमबाट सम्बृद्ध वार्ड बनाउने जनप्रतिनिधीले प्रतिबद्धता जनाएका छन ।
उक्त क्षेत्रमा किशानका लागी उन्नत बिउबिजन कार्यक्रम अन्तर्गत हेफर ईन्टर नेश्नलको सहयोग तथा आरसिएसडिसीको साझदेरीमा ३५ महिना बाख्रा बिकाश परियोजना सञ्चालन भएको थियो । परियोजनाले सुरुवातको चरणमा स्थापना गरेका ६ वटा मूल समुह र २१ वटा उपाहर समूहका दिदि बहिनीहरुले अहिले नियमित बचत गर्ने गरेका छन । ति निर्माण भएका समूहहरुलाई मिलाएर मगराकोट कृषि तथा पशुपालन महिला सहकारी संस्था लि .स्थापना गरेका छन ।
शनिबार परियोजनालाई सहकारीलाई एक कार्यक्रमका बिच हस्तान्तरण कार्यक्रम्मा बोल्दै प्रमुख अतिथी वडा नम्वर ७ का वडा अध्यक्ष मोहन पन्थीले स्थापना भएको सहकारीको माध्यमबाटनै सम्बृद्ध जलुके बनाउने बताए । ‘ यस कार्यक्रमले महिला दिदि बहिनीहरुको क्षमता अभिबृद्धि गरि नेतृत्वको मुल धारमा ल्याउन सफल भएको छ । उहाँहरु संग समन्वय गरेर योजना अगाडि बढाउने छु । ३५ महिना सम्म काम गरेकोमा संस्थालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नु भएको थियो ’ ।
परियोजनालाई सहज रुपमा सञ्चालन गर्ने महिला दिदीबहिनी तथा कर्मचारीहरुलाई हेफर ईन्टर नेश्नलका कार्यक्रम अधिकृत राधाकृष्ण शर्माले बताए । ‘ परियोजनालाई सफल बनाउनुहुने जलुके बासी तथा कर्मचारी साथीहरुलाई धन्यवाद दिन चाहन्छु । परियोजना हस्तान्तरण पछि पनि हामिले सहकारीलाई क्षमता अभिबृद्धि लगाएतका पाटोमा सहयोग गर्ने छ । सहकारी संग समन्वय गरेर दोस्रो चरणका कार्यक्रम अगाडि बढाईने छ । ’ सहकारीलाई आगामी दिनमा थप सहयोग गर्नकालागी किशानकालागी उन्न बिउबिजन कार्यक्रमले पनि सहयोग गर्ने किशानका लागी उन्नत बिउ बिजनकार्यक्रमका नि.पमुख राधा नेपालिले बताईन ।
‘ यस क्षेत्रमा उपआयोजना सञ्चालन गर्नको लागी हामी तयार छौ त्यसकालागी प्रस्ताब लेखन देखी सबै काममा सहयोग हुने छ । त्यसका लागी सहकारी सक्रिय हुनु पर्दछ । ’ आरसिएचडिसीका निर्देशक सम्भुपोख्रेलले ३५ महिना बितेको पत्तै नभएको बताए । ‘परियोजना सुरु भएको हिजो जस्तो लाग्दछ तर ३५ महिना पुगेछ । यस अबधिमा सहयोग गर्ने सम्पूर्ण जलुके बासी तथा कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु । सुरुवातको चरणमा हामीले राखेका उद्धेश्य पुरा भएका छन निर्माण भएको सहकारीलाई सहयोग गर्नको लागी हामी सदैब तयार रहने छौ ’ ।
कार्यक्रम्मा मगराकोट कृषि तथा पशुपालन महिला सहकारी संस्थाका अध्यक्ष शान्ती गाहाले केही पनि नजानेका महिला दिदीबहिनीलाई कार्यक्रममले ज्ञान सिप उपाहर गरि सहकारी बनाएकोमा धन्यवाद ज्ञापन गरेकि थिईन । ‘हामी उठेर परिचय दिन नसक्नेलाई अध्यक्षता गरेर भाषण गर्ने बनाउनु भयो यसलाई हामीले नमुना सहकारी बनाउने छौ । आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौ ।
’कार्यक्रम ग्रामीण सामुदायीक स्वास्थय बिकास केन्द्रका अध्यक्ष ठाकुरप्रसाद अधिकारीको अध्यक्षता ,सहअध्यक्ष नारायण खड्काको स्वागत मन्तव्य र कार्यक्रम संयोजक मोहन भुुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।