डिभर्नामा स्थानीय सभाको बैठक सम्पन्न (तस्बिर सहित)

अनिता भुसाल
डिभर्ना, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको डिभर्नामा स्थानीय सभाको बैठक सम्पन्न भएको छ । 
बैठक साबिकको डिभर्ना गाविसमा भएको स्थानीय शिक्षा, स्वास्थ्य कृषिका सवालहरुको बारेमा हालसम्म भएका गतिबिधीको बारेमा छनफल भएको थियो । बैठकमा युएसएआईडीका लोकतन्त्र र सुशासन बिज्ञ कृष्ण पाठक एफएचआईका खड्क रम्तेल, इक्वेल एक्सेसका निर्मल रिजाल लगायतले स्थानीय सभाको हालसम्मको उपलब्धीको बारेमा जानकारी लिनुभएको थियो ।
कार्यक्रममा स्थानीय सभका संयोजक तथा वडाध्यक्ष धुर्बराज आचार्यले स्थानीय सभाको हाल सम्मको प्रगतिको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा ज्ञानप्रकास माबिका प्राचार्य सूर्यप्रसाद खनाल, बिजय माबिका प्रधानध्यापक भुपाल खनाल, स्वास्थ्य चौकी इन्चार्ज काशीनाथ श्रेष्ठ, कृषि प्राबिधिक सम्झना पराजुली लगायतले स्थानीय सभाको प्रभावकारीताको बारेमा बोल्नुभएको थियो । 
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक गणेष श्रीपाली, संस्थाका शाखा अध्यक्ष हृदयकुमार भुसाल, कार्यक्रम संयोजक हीरा कुवँर लगायतको आथित्यता रहेको थियो । स्थानीय सभाको बैठक तीन तीन महिनामा बस्दै आएको छ । टोलीले आइतवार नै जिल्ला शिक्षा अधिकारी लिबहादुर राउतसँग समेत भेटघाट तथा अन्र्तक्रिया सम्पन्न गरेको छ ।