बसन्त श्रेष्ठ
डिभर्ना, अर्घाखाँची । उन्नत च्याउ उत्पादन सम्बन्धी एक दिने तालिम सन्धिखर्क नगरपालिका ११ डिभर्नामा सम्पन्न भएको छ ।
वडाध्यक्ष धुर्बराज आचार्यको पहल तथा सन्धिखर्क नगरपालिकाको प्राबिधिक सहयोगमा एक दिने अभिमुखकीकरण गोष्ठी सम्पन्न भएको थियो ।
५० जना च्याउ किसानको सहभागिता रहेको तालिममा वालीविकास अधिकृत नन्दराम पाण्डे र कृषि प्राबिधिक राजेन्द्र भट्टराईले तालिम दिनुभएको थियो ।
तालिम वडाध्यक्ष धुर्वराज आचार्यको अध्यक्षता र वडासचिव कुलदिप पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो । सन्धिखर्कको वडा नम्बर ११ डिभर्ना कृषिको बलियो सम्भाना बोकेको वडा हो ।