पणिनीमा नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा सम्पन्न

माधव बेल्वासे
पणिनी पौष २८ । नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा आज सम्पन्न भएको छ । 
सस्थाका अध्यक्ष जनार्दन न्यौपानेको सभापति रहेको कार्यक्रमका प्रमुख अतिथि पाणिनी गाउँ पालिका वडा न ७ का अध्यक्ष गुनाखर अधिकारि रहनु भएको थियोे ।
साधारणसभामा सेयर सदस्य स्थानीय सघ सस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।१४ वटा मैन वत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा सस्थाक उपाध्यक्ष कौशिला पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियोे ।
यस्तै कार्यक्रममा लेखा समिति सम्योजक कृष्ण पोख्रेलले आफ्नो प्रतिबेदन पेश गर्नुभएको थियो । सस्थाका कोषाध्यक्ष भेषराज न्यौपानेले २करोड १६ लाख ३ हजार ६ सय ३७ रुपैयाँ बराबरको कारोबार र  ३ करोड ५३लाख ३६हजार ५सय ८१ बराबरको प्रस्तावित कार्यक्रमको  आर्थिक विवरण पेस गर्नुभएको थियोे । 
कार्यक्रममा बोल्ने बक्ता हरुले सहकारीको माध्यमबाट किसान तथा बिपन्नहरुको सहयोगमा सफल भएको बताएका थिए। कार्यक्रममा वडाका जनप्रतिनिधि , दलिय प्रतिनिधी र  सघ सस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।
सस्थाले शिबालय स्वरोजगार कृषि समुहले उत्कृष्ट किसान पुरस्कार बापत २० हजार र शेयर सदस्य मध्यबाट  उत्कृष्ट जिपिए ल्याउने ११ जना छात्र छात्रा लाइ नगद २हजार सहित सम्मान गरिएको छ ।