गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । साथी बचत तथा ऋण सहकारी संस्था सन्धिखर्कको पाँचौ साधारणसभा तथा द्रोसो अधिवेशन नयां नेतृत्व चयन गर्दै शनिवार सन्धिखर्कमा सम्पन्न भएको छ ।
सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नुभएको अबिधेसनले धर्मराज भुसालको अध्यक्षतामा ९ सदस्यिय संचालक समितिको सर्वसहमतीबाट गठन गरेको छ । जसको सदस्यहरुमा केशब घिमिरे,कुष्ण प्रसाद भुसाल,काजी श्रेष्ठ,सुनिता श्रेष्ठ खनाल,कमल बिश्वकर्मा,कल्पना के.शि,डिलाराम भुसाल र बिमला के. शि रहनुभएको छ ।
डिभिजन सहकारी कार्यालय कपिलवस्तुका अध्यक्ष ऋषिराम पौडेल,नेपाल सरकारका उपसचिव मुक्तिराम आचार्य,जिल्ला सहकारी संघका अध्यक्ष बालकृष्ण आचार्य,भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा,सन्धिखर्क नगरका उपप्रमुख ठाकुर कुमार विक,अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ,वडा अध्यक्ष मेतीजंग रायमाझी, युवराज बन्जाडे, सगरमाथा बचत तथा ऋण सहकारी संस्था ठाडाकी अध्यक्ष भगवता बेल्वासे,पत्रकार प्रेम आचार्य लगायतको बिशेष आतिथ्यता रहेको अबिधेसनले नेत्र प्रसाद भुसाल संयोजक, मन्जु आचार्य,प्रतिभा कडेलसदस्य रहेको ३ सदस्यिय लेखा समिति, रुद्र प्रसाद श्रेष्ठ संयोजक,डिलाराम भुसाल,बिष्णु प्रसाद बन्जाडे सदस्य रहेको ३ सदस्यिय ऋण लगानी उपसमिति,कुष्ण प्रसाद भुसाल संयोजक, काजी श्रेष्ठ,तुल्सिराम भुसाल सदस्य रहेको ३ सदस्यिय ऋण असुली उपसमिति र तिलकराम भुसाल संयोजक,उमेश घिमिर र ज्ञानेन्द्र घिमिरे सदस्य रहेको ३ सदस्यिय शिक्षा उपसमितिको गठन गरेको प्रकाश भुसालले जानकारी दिनुभएको छ ।
कार्यक्रमको अवसरमा सहकारी क्षेत्रमा कलम चलाउने उत्कृष्ट पत्रकार नविन केसी र घनश्याम पौडेल उत्कृष्ट कर्मचारी,दैनिक बचत गर्ने असल बचतकर्ता लगाएतलाई पनी सम्मानित समेत गरिएको थियो । साथी सहकारीले बचत संकलन, ऋण लगानी, रेमिट्यान्स र युटिलिटी सेवा दिदै आएको छ ।