सुर्य प्रसाद भुसाल्
खिदिम ! पाणिनी गाउँपालिका अर्घाखाँचीको समन्वय र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा आज खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा गाउँपालिकावाट सन्चालित योजनाहरुको जानकारी गराउने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष अच्युत गौतमले पालिकावाट विनियोजित बजेट आम नागरिकले जान्नु पर्दछ भन्ने मान्यताका आधारमा जनताहरुको सम्मानका लागि यो कार्यक्रम आयोजना गरिएको वताउनु भएको थियो ।
यसैगरि कार्यक्रमको विशिष्ट अतिथी तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले आफनो मतन्वयका क्रममा राज्य नागरिकको करवाट सन्चालित भएको कारण हरेक विकास निर्माणमा स्थानियवासीहरुले चाँशो राख्न अपरिहार्य भएको बताउनु भएको थियो ।
कार्यक्रमका बिशिष्ट अतिथी तथा प्रमुख प्रशासकिय अधिकृत दामोदर ज्ञवालीले उपभोक्ता समितिहरुले गर्ने कामकारवाहीको बारेमा जनतालाई जानकारी गराएर पारदर्शि बन्न आव्हान गर्नु भएको थियो । करिव सभा तिन ससय जनाको सहभागिता रहेको सो कार्यक्रममा माओवादी केन्द्रका बिष्नु सूर्यावशी, नेपाली कांग्रेसका बिष्नु प्रसाद अर्याल, नेकपा एमालेका हरि प्रसाद भुसाल लगायतको सहभागिता रहेको थियो ।
स्थानिय समाजसेवी सूर्य केशिको सन्चालन, ओम प्रकाश भुसालको स्वागत मनत्व्य र वडा अध्यक्ष देवी वहादुर क्षेत्रीको सभापतित्व रहेको सो कार्यक्रमलाई सूचनाको हकका अभियन्ता तथा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले सूचनाको हक सम्वन्धमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकूत, वडा अध्यक्ष सहित सम्वद्ध व्यक्तिहरुलाई सुशसन प्रर्बद्धनका लागि मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा स्थानिय नर्मदा पौडेलले सागितिक माध्यमद्धारा मनोरन्जन प्रदान गर्नु भएको र आज बुधवार पोखराथोकमा कार्यक्रम हुन गईरहेको सूचना तथा सुशासन अभियान, सिआईजीले जानकारी गराएको छ ।