धातिवाङ्गमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण सम्क्न्धी कार्यक्रम सम्पन्न

 सुर्य भुसाल्
धातिवाङ । पाणिनी गाउँपालिका अर्घाखाँचीको समन्वय र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा आज धातिवाङ्गमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा गाउँपालिकावाट सन्चालित योजनाहरुको जानकारी गराउने कार्यक्रम सम्पन्न भएको छ ।
 कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष अच्युत गौतमले सार्वजनिक निकायमा काम गर्नेहरु कहिल्यै पनि जनताभन्दा ठुलो नभएकोले सबै कुराहरु जनतालाई जानकारी गराएर मात्रै काम गर्नु पर्ने बताउनु भएको थियो ।
 स्थानिय चुनावमा जोजसले जुनसुकै पार्टीवाट विजयी प्राप्त गरेको भएपनि विजयी पश्चात सबै जनताको साझा जनप्रतिनिधी भएको विर्सन कसैले पनि नहुने बताउँदै सूचनाको अधिकारलाई भरपूर्ण तवरवाट प्रयोगमा ल्याई आफुले रातदिन राज्यलाई तिरेको करको सही हिसावकिताव राख्न सहभागिहरुलाई आब्हान गर्नु भएको थियो । 
कार्यक्रममा धातिवाङ्ग माविका हिमलाल पौडेल तथा स्वास्थ्य चौकी इन्र्चाज मित्रदेव पौडेलले मनत्व्य राख्नु हुदै कार्यक्रमलाई अझै धेरै विस्तार गरेर अगाडी बढाउनु पर्ने सुझाव दिनु भएको थियो । 
सूचनाको हक सम्वन्धमा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसाल र गाउँपालिकाको योजना सम्वन्धमा वडा अध्यक्ष तथा कार्यक्रमका सभापति शुभ वहादुर सारु थापाले सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा तारा पौडेलको स्वागत मनत्व्य र इन्द्रमणि पौडेलको सन्चालन रहेको थियो । 
कार्यक्रमको अनत्यमा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष गौतमको हातवाट हातवाट वडा अध्यक्ष सहित स्थानिय राजनैतिक दलका नेता तथा समाजसेवीहरुलाई सुशासन प्रर्बद्धनका लागि मायाको चिनो प्रदान गरिनुको साथै पाणिनी गाउँपालिका भित्र ९ वटा कार्यक्रम मार्फत चालु आर्थीक वर्षको ११ दिन भित्र १,४२६ जनालाई सूचनाको हक सम्वन्धमा सुसूचित गराईएको सूचना तथा सुशासन अभियान सिआईजीले जानकारी गराएको छ ।