अर्घाखाँचीमा भोलिदेखि क्रीकेट अर्घाखाँची सुपर सिक्स २०७४ हुने


समान्ता पाण्डे 
सन्धिखर्क, अर्घाखाँची  ।  अर्घाखाँचीमा भोलिदेखि क्रीकेट अर्घाखाँची सुपर सिक्स २०७४ हुने भएको छ ।
अर्घाखाँची सामुदायिक विकास क्लबको मातहतमा अर्घाखाँची क्रीकेट एकेडेमीको आयोजनामा क्रीकेट अर्घाखाँची सुपर सिक्स हुने भएको हो ।
जिल्लाको क्रीकेट खेलको विकास सङ्गै खेलाडिहरुको प्रोत्साहनको लागि क्रीकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागिताको लागि भोली बिहान १० बजेसम्मको समय तोकिएको छ ।
खेल बिहान ११ बजेबाट हुने भएकोले आयोजकले टिम दर्ताको लागि समेत सम्पूर्ण खेलप्रेमी तथा क्रीकेट क्लबहरुलाई आह्वान गरेको छ ।
प्रतियोगितामा प्रथम हुनेले १५००० ट्रफी ,मेडल र प्रमाणपत्र र द्वीतीय हुनेले ५००० सङगै मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।
टिम दर्ताको लागि १५०० लाग्ने छ। खेल  जिल्लाको सन्धिखर्क टुडीखेल मैदानमा हुने अर्घाखाँची क्रीकेट एकेडेमीले जानकारी दिएको छ ।
एकेडेमीले केही महिनाअघि अर्घाखाँची प्रीमियर लिग एवं सुपर सिक्सजस्ता ठुला पुरस्कार राशी भएका क्रीकेट प्रतियोगितासमेत सञ्चालन गरेको थियो ।