सन्धिखर्कमा सामाजिक जवाफदेहिता र पारदर्शीताका लागि श्रोत समुह गठन (तस्बिर सहित)

सागर परियार, रुद्रमणि भुसाल
सन्धिखर्क, अर्घाखाँची ।  एकीकृत ग्रामीण विकास समाजको आयोजनामा सन्धिखर्क नगरपालिका १ मा परिवर्तन रेडियो श्रोता समुहको गठन गरिएको छ । 
पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सन्धिखर्क नगरपालिकाको हटारीमा रेडियो श्रोता समुहको गठन गरिएको हो । देश संघिय सरचनामा गएअनुसार स्थानीयतहहरुको काम, कर्तब्य, अधिकार स्थानीय तहमा हुने विकास निर्माणमा पारदर्शिता, सुशासन, जवाफदेहिता सम्बन्धी रेडियो कार्यक्रम साझाबोली सुन्दै समुदायमा छलफल गर्ने र ब्यवहारमा उतार्ने उदेश्यले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ हटारीमा परिवर्तन रेडियो श्रोता क्लवको गठन गरिएको छ । 
समाजमा भएका शिक्षा, स्वास्थ्य कृर्षि, प्रकोप व्यवस्थापन, सुशासन र जवाफदेहिताको क्षेत्रलाई प्रभावकारी बनाउने उदेश्यका साथ श्रोता समुहको गठन गरिएको हो । सन्देश वाग्लेको अध्यक्षता १८ सदस्यीय समुहको गठन गरिएको हो । जसको उपाध्यक्षमा अञ्जली खड्का, सचिवमा अप्सरा थापा, सहसचिवमा केशव खनाल, कोषाध्यक्षमा समुन्द्र परियार रहनुभएको छ । त्यस्तै सदस्यमा एलिसा पन्थी, गिता खड्का, मोहन मुखिया, सबिना खड्का, प्रबिण खड्का, बिरस राना मगर, मनिष कुमाल, प्रचलन भुसाल, सुजता पाण्डे, सुरेश यादब, किरण भट्टराई, सरोज पाख्रेल र मञ्जु घिमिरे लगायतका रहनुभएको छ । 
कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखाका अध्यक्ष हृदयकुमार भुसालको अध्यक्षता, युवा वर्ष जनता रबि चित्र माबिका प्रधानध्यापक टेकराज आचार्यको प्रमुख आथित्यतामा रहेको थियो । कार्यक्रममा श्रोता समुहको सफलताको शुभकामना व्यक्त गर्दै प्रधानध्यापक टेकराज आचार्यले श्रोता समुहको माध्यमबाट समुदायमा रचनात्मक प्रभाव पार्ने गरी प्रस्तुत हुन सुझाव दिनुभयो । 
आचार्यले सुशासन र जवाफदेहिता पछिल्लो आवश्यकताको बिषय भएको भन्दै आफ्नो क्षेत्रबाट सयोग पु¥याउन युवाहरुलाई आग्रह गर्नुभयो । 
प्रधानाध्यापक आचार्यले रेडियो श्रोता समुहले गाउँ समाजको विकास र चेतना अभिवृद्धिको लागि महत्वपुर्ण भुमिका खेल्ने भएकाले आफ्नो भरपुर सहयोग रहने बताउनु भयो । संस्थाका अध्यक्ष हृदय कुमार भुसालले श्रोता समुहले रचनात्मक कार्यक्रम गर्दै नमुना बन्न सुझाब दिनुभयो । उहाँले रचनात्मक तबरले सुशासन र जवाफदेहिता अभिबृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो । भुसालले गठित रेडियो श्रोता क्लवले हरेक महिनाको दुईपटक रेडियो कार्यक्रम साझाबोली सुन्ने र प्रतिक्रिया तथा सल्लाह सुझाव दिने अपेक्षा रहेको बताउनु भयो । 
संस्थाका सचिव सागर परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा पारस्परिक जवाफदेहिता परियोजना जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठ, सामुदायिक सञ्चारकर्मी रुद्रमणी भुसाल, परियोजनाकी अनुसन्धानकर्मी सबिता आचार्य लगायतले सहजिकरण गर्नुभएको थियो । पारस्परिक जवाफदेहिता  परियोजना यूएसएआईडीको सहयोगमा एफएचआई ३६०, ईक्वेल एक्सेस सँगको सहकार्यमा र्आखाँची सहित देशभरका ३४ जिल्लाहरुमा सञ्चालनमा रहदै आएको छ ।