सिरहामा गोठमा पराल हाल्न गएकी ११ वर्षीया बालिका बलात्कृत

वस्तुलाई गोठमा पराल हाल्न गएकी सिरहा नगरपालिका–३ की एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बिहीबार बेलुका घरनजिकै रहेको गोठमा गाईवस्तुलाई पराल हाल्न गएकी बालिकालाई मदिराले लठ्ठीएका गाउँकै २४ वर्षीय सुरेश ठाकुरले मुख थुनेर बलात्कार गरेको जनाएको छ ।
बलात्कारपछि अत्याधिक रक्तश्राव हुँदा उनलाई उपचारका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको थियो ।
सिरहा अस्पतालमा उपचार सम्भव नभएपछि लहानको एक निजी अस्पतालमा पीडित बालिकाको उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले बलात्कारमा संंलग्न ठाकुर फरार रहेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिए ।
उनले पीडित परिवार बालिकाको उपचारमा लागेकाले ढिलोगरीमात्र किटानी जाहेरी परेको बताए ।
घटनाको सूचना पाएलगत्तै ठाकुरलाई पक्राउ गर्न प्रहरी टोली गाउँ पुगेपनि बाबु रामलखन र दाजु जमिन ठाकुरले आरोपीलाई भगाएको प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।
‘मुख्य आरोपी फरार गराइएपछि तत्काल अनुसन्धानका लागि मतियारको काम गर्ने बाबु र दाजुलाई नियन्त्रणमा लिएका छौं’–उनले भने । इमेजखबरमा समाचार छ ।