द्याैराली मावि पटाैटीकाे ४० अाै बार्षिक उत्सव तथा चन्दा दाता सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
पटाैटी, अर्घाखाँची । द्याैराली माध्यमिक विद्यालय पाणिनि ४ पटाैटीकाे ४० अाै बार्षिक उत्सव तथा चन्दा दाता सम्मान कार्यक्रम अाज सम्पन्न भएको छ । 
कार्यक्रममा मन्तव्य राख्दै पाणिनि गाउँ पालिकाका अध्यक्ष अच्युत गाैतमले सामुदायिक विद्यालयकाे शिक्षाको गुणस्तर सुधार गर्न सबै लाग्नु पर्ने बताउनु भयो । उहाले विद्यालयलाई राजनीतिक मुक्त क्षेत्र बनाउनु पर्ने बताउनु भयाे । जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षक र अभिभावक एक भएर अगाडि बढ्नु पर्ने बताउनु भयाे।
 कार्यक्रममा विद्यालयलाई पाँच लाख एक हजार चन्दा सहयाेग गर्ने विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष यमलाल गैरे, पाँच लाख पाँच हजारकाे अक्ष्ायकोष स्थापना गर्ने रिषिराम अधिकारी , लेखनाथ अधिकारी , एक लाख एक हजार छ सय चन्दा सहयोग गर्ने शिवलाल घिमिरे लगायतलाई सम्मान पत्र, दाेसल्ला र फुलमालाले सम्मान गरिएको थियोे । 
कार्यक्रममा स्रोत ब्यक्ति ठाकुर गा‌ैतम, वडा अध्यक्ष थानेश्वर घिमिरे , पुर्व शिक्षक ईश्वरी प्रसाद अधिकारी , यमलाल गैरे, विद्यालयका प्रअ टाेमलाल घिमिरे , ब्यबस्थापन समितिका दुर्गाप्रसाद अधिकारी , कुल प्रसाद अधिकारी , भाेजराज घिमिरे , विनाेद अधिकारी , पत्रकार प्रेम अाचार्य, सक्रिय सेवा समाजकि सुसिला बेल्वासे, विद्यार्थी नारायण घिमिरे , लक्ष्मी घिमिरे लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम विद्यालयका अध्यक्ष नारायण हरि घिमिरेको अध्यक्षता, शिक्षक निलकण्ठ भुसालको सञ्चालन र टिकाराम घिमिरेको स्वागतमा सम्पन्न भएको थियोे ।