अर्घाखाँचीडट्कम संवाददाता
बाँगी, अर्घाखाँची २९ माघ । मालारानी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय र शान्ति मावि बाँगीले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खडका, प्रदेससभा सदस्य निर्मला क्षेत्री र मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीलाई सम्मान गरेको छ ।
बाँगीबाट नीति निर्माण तहमा पुगेका प्रतिनिधिलाई आरुखोरमा आज एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरेको छ । विशेष कामले जिल्ला बाहिर भएकाले कार्यक्रममा प्रमिला उपस्थित हुनुभएन ।
सम्मानपछि बोल्ने वक्ताले बा“गीबाट संघीय संरचनाको तीनै तहमा प्रतिनिधित्व भएको भन्दै खुसी व्यक्त गरे । खड्का माओवादी केन्द्रीय सचिवालय सदस्य, निर्मला कांग्रेस नेतृ र प्रमिला एमाले नेतृ हुनुहुन्छ । सम्मानपछि खडकाले एउटै गाउँबाट तीनै तहमा तीन पाटीबाट प्रतिनिधित्व गर्न पाउनु खुसीको कुरा भएको बताउदै गाउँको विकासको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । शान्ति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेनुभएका खडकाले बा“गीलाई प्राथमिकतामा राखेर विकासमा नमूना गाउँ बनाउने उदघोष गर्नुभयो । पाटी भन्दा माथि उठेर गाउँ, जिल्ला र देसको विकास गरेर सम्बृद्ध र विकसित राष्ट्र बनाउनु पर्ने उहा“ले बताउनुभयो ।
५ नम्बर प्रदेससभा सदस्य निर्मला क्षेत्रीले बाँगीमा के कस्ता विकासका समस्या छन, के गर्नुपर्छ खाका बनाएर पेस गर्न जनप्रतिनिधि र स्थानीयलाई आग्रह गर्दै विकास योजनाको बजेट पार्नमा आफुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । बांगी कृषि उत्पादनमा राम्रो संभावना बोकेको भन्दै क्षेत्रीले सबै सहकारीमा आबद्ध हुनुपर्ने र कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउने र ठाउँ- ठाउँमा तरकारी संकलन केन्द्र बनाएर बजार पठाएर आम्दानी भित्राउने व्यवस्थाको लागि आफु लागि पर्ने बताउनुभयो ।
एमाले जिल्ला सचिव रामबहादुर चौहानले मुलुकमा राजनीति क्रान्ति सकिएकाले अब आर्थिक क्रान्तिबाट सम्बृद्ध राष्ट्र बनाउन सबै दल र नेता एकजुट भएर लाग्नुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्राचार्य मानबहादुर पाण्डे, कांग्रेस बा“गीका सभापति मणिराम खनाल, एमालेका पूर्वअध्यक्ष हुमबहादुर महत लगायतले सांसदलाई बधाई तथा शुभकामना दिएका थिए ।
पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल, कान्तिपुर दैनिकका उप-सम्पादक वीरेन्द्र केसी, पत्रकार नविन केसी, नेत्रप्रसाद मरासीनी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडाध्यक्ष शोभाखर भुसालको अध्यक्षता, शिक्षक तारा भुसालको सञ्चालन र वडासदस्य डालबहादुर चौहानको स्वागतमा सम्पन्न कार्यक्रममा मालारानी गाउँपालिका कृषक समुहका अध्यक्ष्ँ टीकाबहादुर खडका, समाजसेवी ठाकुर पंथी लगायत गाउँबाट उल्लेख्य संख्यामा सहभागी भएको थिए ।