सुर्य भुसाल
छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको सहकार्य र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा आज छत्रदेव गाउँपालिका वडा नम्वर ७ र ८ लाई लक्षित गरि सुर्यथुममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले छत्रदेवको कसम खाई आफुहरु ५ बर्षका लागि जनताको सेवा गर्न आएको कारण आफनो गाउँपालिका सदैव एैना जस्तो छर्लङ्ग हुने बताउनु भएको थियो ।
यसैगरि, गाउँपालिका उपाध्यक्ष तुल्सी देवि श्रेष्ठले गाउँपालिका तथा वडा कार्यालयले के गरिरहेको छ भन्ने विषयमा आम नागरिक सचेत हुनु पर्दछ भन्ने मान्यताका साथ यो कार्यक्रम आयोजना गरिएको उदघोष गर्नु भएको थियो । कार्यक्रममा आफनो भनाई राख्ने क्रममा प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले तपाईहरु गाउँपालिकामा सूचना माग्न आउनुश हामी तपाईलाई कारण नसोधी सूचना उपलब्ध गराउने छौ भन्दा सहभागीहरुले तालिद्धारा स्वागत गरेका थिए ।
कार्यक्रममा वडा नम्वर ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, स्थानिय हरिलाल पान्डे, ठाकुर प्रसाद पान्डे, जगं वहादुर परियार र राधा पान्डे लगायतका ब्यक्तिहरुले मनत्व्य राख्नु हुदै जनतालाई सचेत बनाउन छत्रदेव गाउँपालिकाले सिआईजी संस्था मार्फत सन्चालन गरेको अभियान सराहानीय भएको र यसलाई भविष्यमा थप व्यवस्थीतका साथ अझै धेरै विस्तार गरेर अगाडी बढाउनु पर्ने सुझाव दिनु भएको थियो ।
सूचनाको हक सम्वन्धमा सिआईजी अध्यक्ष तथा सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले गहिराईमा जानकारी गराउनु भएको सो कार्यक्रमलाई ८ नं. वडा सचिव बालकृष्ण पान्डेको सन्चालन वडा नं. ७ का सचिव टोपलाल घर्तिको स्वागत मनत्व्य र ७ नं. वडा अध्यक्ष शोभाखर पान्डेको सभापतीत्व रहेको थियो ।
कार्यक्रमलाई समापन गर्ने क्रममा वडाअध्यक्ष पान्डेले सूचना प्रवाहाको सवालमा आफनो वडालाई कसैले शंखा नगर्नुहुन आव्हान गर्दै आफु शासक नभई जनताको सेवक भएको बताउनु भएको थियो । यसैगरि भोली फाल्गुण ३ गते छत्रदेव गाउँपालिका वडा नम्वर ६ लाई लक्षित गरि ठुलापोखरामा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम तय गरिएको सूचना तथा सुशासन अभियान सिआईजीले जानकारी गराएको छ ।