प्रेमनारायण आचार्य
खिदीम, अर्घाखाँची ४ फागुन । अर्गानिक तरकारीको उत्पादन गर्न भन्दै अर्घाखाँचीको खिदीममा स्थानीय स्तरमा प्रांगरिक मल तथा जैविक बिषादी बनाउने सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।
तरकारीमा बढि बिषादी प्रयोग गर्दा मानिसको स्वास्थ्यमा खेलवाड भएको भन्दै स्थानीय स्तरमा पाइने अमिलो, टर्राे, पिरो, तितो लगायतका बस्तुहरुको प्रयोग गरेर पाणिनि गाँउपालिका वाड नम्वर ३ खिदीमको दुर्गाफाटमा जैविक बिषादी बनाउन सिकाइएको हो ।
तालिमको समापन समारोहमा मन्तब्य राख्दै गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले पाणिनि गाँउ पालिकालाइ कृषि र पशुपालनमा नमुना बनाउने गरि काम भैरहेको जानकारी दिनु भयो । उहाले उत्पादनमुखी र ब्यबसायीकमुखी कृषकलाइ गाँउपालिकाले सहयोग गर्न कुनै पछि नपर्ने बताउनु भयो ।
तरकारीमा बढ्दो बिषादीको प्रयोग रोक्नकालागि लुम्विनी सामाजिक विकास केन्द्रको सहजीकरणमा राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको सहयोगमा जैविक विषादी बनाउने तालिम सञ्चालन गरिएको हो । तालिमको सहजीकरण जिल्ला कृषि विकास कार्यलयका वालि संरक्षण अधिकृत नन्दलाल पाण्डे र प्राविधिक राजेन्द्र भटराइले गर्नु भएको थियो ।
समापन समारोहमा सहभागीको तर्फबाट शान्ता घिमिरे, राम प्रसाद भटराइ लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम हरि प्रसाद भुसालको अध्यक्षता र कृष्ण प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।