श्री जनशन्ती आधारभूत विद्यालय,किमडाँडा, अर्घाखाँची
गोपाल प्रसाद भट्टराई
किमडांडा, अर्घाखाँची फागुन–०५ । गुणस्तिरिय शिक्षाको अभावमा बिद्यार्थीको कमी आउन थालेपछि सन्धिखर्क ८ किमडांडाका सरोकारवाला सामुदायिक बिद्यालयको पढाई सुधार गर्ने कसरतमा लागेका छन् ।
सन्धिखर्क ८ को नेपालीचौर, कोल्यार र लामीडांडामा रहेका तिन वटा आधारभुत बिद्यालयमा प्रत्येक बर्ष बिद्यार्थी घट्दै गएपछि स्कुलनै खारेज हुने अबस्था आएपछि यहांका सरोकारवालाहरु यस्तो कसरतमा जुटेका हुन् । जस अन्तरगत शिक्षाको गुणस्तर बृद्धि गरि ब्यबस्थित रुपमा बिद्यालय संचालन गर्नको निम्ती शुक्रबार जन शान्ति आधारभुत बिद्यालय कोल्यारमा सम्पन्न भएको एक कार्यक्रमको बिच सन्धिखर्क ८ का वार्ड अध्यक्ष इश्वरी प्रसाद भुसालको संयोजकत्वमा १४ सदस्यिय कार्य ब्यबस्थापन समितिको गठन गरिएको छ ।
बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गरि बिद्यार्थीको आकर्षण बढाउन समितिले भोली दखिनै अभियान सुरु गर्ने र प्रथम चरणमा तिन वटै बिद्यालयका अभिभावकहरुको भेला गरि अगाडि बढ्ने निर्णय भएको समिति सदस्य चन्द्र प्रसाद बन्जाडेलाई उदृत गदै सहकर्मी शालिक बाबु पोख्रेलले बताउनुभएको छ ।
पछिल्लो समय देशैभर संथागत बिद्यालयलाई ब्याबसायकै रुपमा संचालन गर्न थालेपछि सामुदायिक बिद्यालय संचालनमा चुनौति देखा परेको छ ।