अन्तरराष्ट्रिय अर्घाखाँची संपर्क मन्चका अध्यक्ष डिल्लीराज घिमिरे । तस्बिर: फेसबूकबाट
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अन्तरराष्ट्रिय अर्घाखाँची संपर्क मन्चका अध्यक्ष डिल्लीराज घिमिरेले अधिवेशनबाट सर्वसम्मत नयाँ समिती चयन भएको एक वर्ष नपुग्दै निर्वाचित समिती भंग गरेका छन् ।
मन्चका अध्यक्ष घिमिरेले मध्यरातमा एक विज्ञप्ती निकाली कार्य समिती र उप-समिती भंग गरेको घोषणा गरेका हुन् ।
उक्त विज्ञप्ती अनुसार लामो समय देखि अन्तरराष्ट्रिय अर्घाखाँची संपर्क मन्चको समितीमा एक अर्काको चरित्र हत्या गर्ने क्रियाकलाप भएको, समितीका पदाधिकारीलाई दिएको अभिभारा पुरा गर्न नसकेको, आर्थिक कोष पारदर्शी नभएको लगायतका बिभिन्न मुद्दामा असन्तुष्टी देखिएको छ ।
मन्चका अध्यक्ष घिमिरेले विभिन्न देशलाई समट्ने गरि नयाँ समिती मनोनयन गर्ने भएका छन् । उनले नयाँ समिती चयन कहिले गर्ने भन्ने उल्लेख गरेका छैनन् ।
नियमानुसार मन्चमा समितीको नयाँ नियुक्ती गर्ने र भंग गर्ने अधिकार अध्यक्षमा रहन्छ ।
सन् २०१२ मा डिल्लीराज घिमिरेले स्थापना गरेको अन्तरराष्ट्रिय अर्घाखाँची संपर्क मन्चले गत श्रावण १, २०७४ आईतबारको दिन अन्तिम अधिवेशन गरेको थियो । उक्त अधिवेशनले अध्यक्ष पदमा डिल्लीराज घिमिरेलाई चयन गरेको थियो ।
यस संस्थाको अधिकारिक कार्यालय स्थापना अझै हुन सकेको छैन् । तर विश्वभर रहेका अर्घाखाँचीबासीलाई समट्न विभिन्न देशमा संपर्क समितीहरु स्थापना गरेको छ ।
यस्तै अन्तरराष्ट्रिय अर्घाखाँची संपर्क मन्चले जिल्लाका गोरसिङे, सुपा देउराली लगायतका ठाउँमा प्रचारत्मक गेट बनाउन शुरु गरेको छ । साथै अर्घाखाँचीबासी जनताहरु संपर्क मन्चले जिल्ला विकासका लागि ठुलो लगानी भित्राउने आशामा रहेका देखिन्छन् ।
विज्ञप्ती यस्तो छ:-
सम्बन्धित समाचार:-