सुर्य भुसाल
बल्कोट, अर्घाखाँची । छत्रदेव गाउँपालिका अर्घाखाँचीको सहकार्य र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा हिजो अर्थात फाल्गुण ६ गते छत्रदेव गाउँपालिका वडा नम्वर १,२ र ३ लाई लक्षित गरि बल्कोट पौवामा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले सुशासन प्रबद्र्धनका लागि सिआईजी संस्था आफुले छनौट गरेर धेरै राम्रो महशुष गरेको बताउँदै अगामी दिनहरुमा पनि सहकार्य हुने बताउनु भएको थियो ।
जिल्ला समन्वय समितिका सदस्य समशेरधीन मियाँ, गाउँपालिका उपाध्यक्ष तुल्सी देवी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ, वडा नम्वर ३ का वडा अध्यक्ष तेज प्रसाद खनालको बिशिष्ट आथित्यता रहेको थियो । कार्यक्रममा सम्पूर्ण राजनैनिक दलको तर्फवाट विष्नु प्रसाद भुसाल र महिलाहरुको तर्फवाट सिता भुसालले मनत्व्य राख्नु हुदै कार्यक्रमको खुलेर प्रशंसा गर्नु भएको थियो ।
सूचनाको हक सम्वन्धमा सिआईजी अध्यक्ष तथा सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले गहिराईमा जानकारी गराउनु भएको सो कार्यक्रमलाई शारदा खनाल पन्थीको बस वहादुर कुमालको स्वागत मनत्व्य र वडा नम्वर २ का अध्यक्ष राजेश कुमार पन्थीको सभापतीत्व रहेको थियो ।
कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथीहरुको हातवाट केहि सार्वजनिक निकायका प्रमुख प्रतिनिधीहरुलाई सुशासन प्रर्बद्धनका लागि मायाको चिनो प्रदान समेत गरिएको थियो ।
यसैगरि चालु आर्थीक वर्षका लागि सूचना तथा सुशासन अभियान, सिआईजीले यो कार्यक्रम सँगै छत्रदेव गाउँपालिका भित्र आफनो अभियान समाप्त गरेको जानकारी दिएको छ ।