सन्धिखर्कको बिहार बरापमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको शोक सभा सम्पन्न

सुर्य भुसाल 
बिहार, अर्घाखाँची फागुन ८ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीले पार्टीका जिल्ला सदस्य  तथा सन्धिखर्क नगरपालिका  १० बिहार बराप  निवासी  भिमलाल आचार्यका जेष्ठ सुपुत्र  स्वर्गीय दिपक आचार्यको १० औं पुण्य तिथि पारेर शोक सभा सम्पन्न गरेको छ । 
पार्टीका जिल्ला उपाध्यक्ष पशुपती ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सचिव गोपाल पौडेल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लकाली, लगायतले मन्तव्य राख्दै शोकाकुल परिवार पनमा समवेदना प्रकट गरेका थिए । कार्यक्रम स्वर्गीय दिपकका पिता भिमलाल आचार्यको अध्यक्षता, राजमो सचिवालय सदस्य पोमनारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 
कार्यक्रममा अखिल नेपाल महिला संघकी अध्यक्ष कल्पना पोख्रेल, एमाले १० नं. वडाका  का कार्यवहाक अध्यक्ष ठाकुर ढकाल, नेपाली कांग्रेसका स्थानीय नेता टोपनारायण भुसाल, नेकपा माओवादी केन्द्रका महाधिवेश आयोजक समिति सदस्य देव बहादुर खड्का, पूर्व शिक्षक  पिताम्वर वञ्जाडे, प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष विनोद गैरे, अखिल छैठौका जिल्ला अध्यक्ष गोपाल भट्टराई , पत्रकार जितेन्द्र खत्री लगायतको आतिथ्यता रहेको थियो ।